सामाजिक विकास कार्यालय स्याङ्जाले ज्येष्ठ नागरिकहरुलाई तीन लाख रुपैयाँ अनुदान दिएको छ । यहाँको चापाकोट नगरपालिका – ६ मा रहेको पवित्र तिर्थस्थल केलादीघाटको राधा दामोदर आरोग्य आश्रममा रहेका ज्येष्ठ नागरिकहरुका लागि आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र सिग्देलले अनुदान उपलब्ध गराउने सम्झौता – पत्रमा हस्ताक्षर गरेका छन् ।
ज्येष्ठ नागरिकहरुलाई सहज, मर्यादित तथा सम्मानपूर्ण रुपमा जीवनयापन गर्नमा सहयोग गरी उनीहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि ज्येष्ठ नागरिक आश्रमलाई सञ्चालन अनुदान उपलब्ध गराइएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिए ।
स्थानीय तहका सरकारले माथिल्ला तहका सरकारसँगको सहकार्यमा यस्ता सामाजिक काम गर्न तयार रहेको बताउँदै चापाकोट – ६ का वडा अध्यक्ष तारा पोख्रेलले स्याङ्जा सदरमुकामदेखि टाढा रहेको ज्येष्ठ नागरिक आश्रममै आएर अनुदान उपलब्ध गराउने सम्झौता गर्नु कार्यालयको अनुकरणीय कार्य रहेको बताए ।
अनुदान रकम ज्येष्ठ नागरिकको खाद्यान्न, औषधि उपचार, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामाग्रीहरुमा खर्च गरिनेछ । आश्रममा २२ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।
पछिल्लो समयमा सामाजिक विकास कार्यालयले सामाजिक क्षेत्रमा सहयोग तथा सीप हस्तान्तरणमा समेत सक्रिय रहँदै आएको छ ।
सम्बन्धित खबर
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न कठिन भयोः आइजीपी कार्की
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)