राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१’ को उपाधि बागलुङ टीमले जितेको छ ।
४२ वटा लोक दोहोरी टोलीलाई उछिन्दै दोहोरी गीत प्रतिष्ठान बागलुङ सर्वोत्कृष्ट भएको हो ।
फागुन १७ गतेबाट भरतपुरमा सञ्चालित खुला दोहोरी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा दोहोरी गीत प्रतिष्ठान बाग्लुङ र दोहोरी गीत प्रतिष्ठान म्याग्दीबीच कडा प्रतिस्पर्धा भएको थियो ।
बागलुङ टोलीका सुमन खड्का र तारा थापा जोडीको उत्कृष्ट भएका हुन । उनीहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै तीन लाख रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
म्याग्दी टीमका निशान्त बिक र सपना रोकाको जोडी द्वितीय बन्दै नगद दुई लाख, ट्रफी, पदक प्राप्त गरेको प्रतिष्ठान केन्द्रीय सचिव शंकर विरही गुरुङले जानकारी दिए ।
यस्तै, अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली चितवन र नवलपुर क्रमश: तृतीय र सान्त्वना हुँदै एक लाख र ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगी कलाकारमध्येबाट उत्कृष्ट गायक राजु लामिछाने र उत्कृष्ट गायिका शर्मिला गुरुङ बने । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार तेह्रथुम जिल्लाका पुरुष कलाकार र भावना अर्याल उत्कृष्ट नव गायिका बन्दै सबैले जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र पाए ।
यस्तै, अनुशासित गायक र गायिका दिलिप थापा मगर र सुष्मा ठकुरी बने । उत्कृष्ट भेषभूषाको पुरस्कार गायक दीपेन्द्र पौडेल र गायिका कालिकोटका महिला कलाकारले प्राप्त गरे ।
प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोहमा विजयी तथा उत्कृष्टहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले पुरस्कार प्रदान गरे ।
सम्बन्धित खबर
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमा सर्वोच्चले माग्यो थप प्रमाण
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो