राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१’ को उपाधि बागलुङ टीमले जितेको छ ।
४२ वटा लोक दोहोरी टोलीलाई उछिन्दै दोहोरी गीत प्रतिष्ठान बागलुङ सर्वोत्कृष्ट भएको हो ।
फागुन १७ गतेबाट भरतपुरमा सञ्चालित खुला दोहोरी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा दोहोरी गीत प्रतिष्ठान बाग्लुङ र दोहोरी गीत प्रतिष्ठान म्याग्दीबीच कडा प्रतिस्पर्धा भएको थियो ।
बागलुङ टोलीका सुमन खड्का र तारा थापा जोडीको उत्कृष्ट भएका हुन । उनीहरूले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै तीन लाख रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
म्याग्दी टीमका निशान्त बिक र सपना रोकाको जोडी द्वितीय बन्दै नगद दुई लाख, ट्रफी, पदक प्राप्त गरेको प्रतिष्ठान केन्द्रीय सचिव शंकर विरही गुरुङले जानकारी दिए ।
यस्तै, अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली चितवन र नवलपुर क्रमश: तृतीय र सान्त्वना हुँदै एक लाख र ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगी कलाकारमध्येबाट उत्कृष्ट गायक राजु लामिछाने र उत्कृष्ट गायिका शर्मिला गुरुङ बने । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार तेह्रथुम जिल्लाका पुरुष कलाकार र भावना अर्याल उत्कृष्ट नव गायिका बन्दै सबैले जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र पाए ।
यस्तै, अनुशासित गायक र गायिका दिलिप थापा मगर र सुष्मा ठकुरी बने । उत्कृष्ट भेषभूषाको पुरस्कार गायक दीपेन्द्र पौडेल र गायिका कालिकोटका महिला कलाकारले प्राप्त गरे ।
प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोहमा विजयी तथा उत्कृष्टहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले पुरस्कार प्रदान गरे ।
सम्बन्धित खबर
सिरहामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, सुरुमा अत्यावश्यक सवारीसाधनलाई प्रवेश
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्: स्वर्णिम वाग्ले
दुरूपयोग रोक्न निजी सञ्चार माध्यमलाई सोझै विज्ञापन उपलब्ध गराउन सकिने सर्वोचको आदेश
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन