पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताएका छन् ।
अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताए।
‘गण्डकी प्रदेशलाई हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ गण्डकी प्रदेशमा अवस्थित छन् । मनोरम माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलालाई ऐना बनाएर खेल खेल्नका लागि विदेशबाट खेलाडीहरु यहाँ ल्याउन सकिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भने ।

गण्डकी प्रदेश सरकार, संघ सरकार र स्थानीय तहहरुले पनि धेरैअघिदेखि केही प्रयास गरेको पाएको बताउँदै उनले राष्ट्रिय खेलकुद परिषदको अगुवाईमा मनाङको तिमाङमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण, मुस्ताङको लोमाञ्थाङमा विश्वकै अग्लो गल्फ कोर्स निर्माण, गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा हाई अल्टिच्युड खेल मैदान तथा ट्रेनिङ सेन्टर निर्माण प्रक्रिया अघि बढाउनु सकारात्मक पक्ष रहेको बताए ।
पर्वतीय तथा उच्च हिमाली क्षेत्रमा खेलिने खेललाई आवश्यक मैदान तथा भौतिक पूर्वाधारको अभाव, जनशक्ति अभाव तथा समुदायबाट टाढा रहेर खेल्नुपर्ने जस्ता समस्याहरु भोग्नुपर्ने भएकाले राज्यले अब खेल पर्यटनलाई बढावा दिई यस्ता सम्भावना युक्त क्षेत्रहरुमा लगानी बढाउन आवश्यक रहेकोमा उनले जोड दिए ।

‘आवश्यक पूर्वाधारहरुको विकास गर्दै खेलकुद मार्फत पर्यटक आकर्षित गरेर राष्ट्रिय आम्दानी बढाउन सकिनेछ ।’ उनले भने – ‘यसै आवश्यकतालाई मध्यनजर गर्दै गण्डकी खेलकुद परिषद्को स्वीकृतिमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना भएकोमा खुशी लागेको छ ।
साहसिक, पर्वतीय, हिमाली, उच्च हिमाली, अल्पाइन तथा हिउँजन्य खेलमार्फत् पर्यटन प्रवद्र्धन, आर्थिक उन्नति तथा खेल क्षेत्रको विकासमा योगदान पु¥याउन विशेष खेलसंघको रुपमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना गरिएकोमा उनले प्रगतिको कामना पनि गरे ।
फेडेरेशनले अल्पाइन तथा पर्वतीय, साहसिक खेलहरु आयोजना, यससँग सम्बन्धित सीपमुलक तालिम सञ्चालन, ट्रेकिङ गाइड, वाल क्लाइम्बिङ साथै हिउँसँग सम्बन्धित सीपमूलक र प्रवद्र्धनात्मक कार्यहरु, उद्धार सेन्टर, अल्टिच्युड सम्बन्धी तालिम तथा भौतिक पूर्वाधार निर्माण एवं समन्वय लगायतका योजनाहरु राखेकोमा उद्देश्यप्राप्तिको लागि शुभकामना पनि व्यक्त गरे ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला