पोखरा । पोखरामा आयोजित महिला संवादमा महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरले उक्त विषयमा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने उल्लेख गरिन् । महिला घरयासी काममा सिमित हुनुपर्छ भन्ने पुरुषको गलत सोंचाइका कारण घर छाडेर पर काम गर्न जाने महिलाले हिंसा भोग्नु परेको उनको भनाइ थियो । महिला अधिकार विषयमा प्रस्तुति दिने क्रममा कार्यालय वा बाहिर महिलाहरुलाई अझै ढुक्कसँग काम गर्ने वातावरण नभएको उनले सुनाइन् । यसको न्यूनिरकरणका लागि पत्रकारको कमल र क्यामेरा चल्नुपर्नेमा उनले जोड दिइन् ।
महिला संवादकी अर्की प्रस्तुतकर्ता किताबखाना तथा प्रदेश सञ्चार समन्वय शाखा, गण्डकी प्रदेशकी प्रमुख पार्वती लामिछानेले श्रमिक महिलाहरुको अधिकारका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् । महिलाहरु दोहोरो अधिकारको लडाईमा परेको बताइन् । उनका अनुसार महिला अधिकारको लडाइमा रहेकाहरु श्रमिक महिलाको हक, अधिकारका लागि जुध्नुपरिरहेको छ । यस्तो अवस्था समाधानका लागि पुरुषहरु नै जागरुक र महिला अधिकारका विषयमा जानकार हुनुपर्ने उनको भनाइ थियो । उनले कार्यक्रममा श्रमिक महिला दिवस र महिलाका सवाल विषयमा प्रस्तुतिकरण राखेकी थिइन् ।

महिला संवादमा नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले पत्रकार महिलाका अवसर र चूनौतिका विषयमा प्रस्तुति राखेकी थिइन् । उनले पत्रकारिता क्षेत्रमा महिलाका लागि अवसर धेरै भएपनि हिंसा लगायत अन्य घटनाका कारण यो क्षेत्रमा टिक्न सक्ने अवस्था रहेको बताइन् । मिडियाका क्षेत्रमा पनि केही हिंसाका उजुरी परिरहेकाले पत्रकारिता क्षेत्रका श्रमिक महिला पनि समस्यासँग जुध्न बाध्य रहेको उनको भनाइ थियो । यसका लागि सम्बन्धित क्षेत्र नै कडा कानुन बनाएर लाग्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सरला ढकाल, ब्रोडकास्टिङ एसोसियशन अफ नेपाल (बान) का उपाध्यक्ष दुर्गा अधिकारी, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारी लगायतले महिलाका मुद्दामा राज्यसँगै पुरुष जानकार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । महिला अधिकारसँगै श्रमिक महिलाका अधिकारको पक्षमा पत्रकारको कलम र क्यामेरा धेरैभन्दा धेरै चल्नुपर्नेमा उनीहरुको जोड थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाल बरालको अध्यक्षतामा भएको महिला संवादमा उपाध्यक्ष माधव रेग्मीले स्वागत र कार्यक्रम संयोजक तथा उपाध्यक्ष कञ्चन थापाले सञ्चालन गरेकी थिइन् । कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशले सहयोग गरेको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो