गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले विशेष सम्बोधन गर्दै महिला आन्दोलनले विश्वभर ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
हाम्रो समाजलाई थप न्यायपूर्ण, समान र सशक्त बनाउँदै लैङ्गिक समानता स्थापनाको ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउँदै आएको र प्रदेश सरकारले समेत उक्त अवसरमा कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए ।
मन्त्री थापाले नेपालमा दशकौं लामो राजनीतिक आन्दोलनको परिणामस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय उपलब्धीहरू हासिल भएको बताए । संविधानमार्फत महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका कानूनी व्यवस्थाहरूको चर्चा गर्दै उनले मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको उल्लेख गरे ।
“पछिल्ला वर्षहरूमा नेपालले लैङ्गिक समानताका विभिन्न सूचकहरूमा प्रगति गरिरहेका छ । यसलाई थप परिणाममुखी बनाउन महिला सशक्तीकरण, आर्थिक, सामाजिक र संरचनात्मक रुपान्तरण अति आवश्यक छ ।”, उनले भने ।
मन्त्री थापाले स्वदेशमा महिलाहरू समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसामा पर्ने, रोजगारीका लागि विदेशिनुपर्ने जस्ता समस्या विद्यमान रहेको उल्लेख गर्दै यी समस्याहरू समाधान गर्न कानूनी, नीतिगत र व्यवहारिक सुधारहरू आवश्यक रहेको बताए ।
महिला सशक्तिकरण, सहभागिता र समानताको विषय केवल महिला सरोकारको विषय नभई यसका लागि हामी सबैको समान र सक्रिय भूमिका आवश्यक रहेको भनाई उनको छ ।
उनले महिला अधिकार सुनिश्चित गर्न, प्रभावकारी कानूनी सुधार र नीतिहरू लागू गर्ने गरी प्रदेश सरकार अगाडि बढेको जानकारी गराए ।
महिलाहरूका लागि उद्यमशीलता, स्वरोजगार र सीप विकास कार्यक्रमहरू सञ्चालन गरी महिला उद्यमीहरूलाई सहुलियतपूर्ण ऋण, अनुदान र बजार पहुँच सुनिश्चित गर्ने बाटोमा प्रदेश सरकार अग्रसर रहेको भनाई उनको छ।
बालिका शिक्षामा जोड दिँदै शैक्षिक संस्थामा लैङ्गिक मैत्री वातावरण निर्माण गर्ने र प्राविधिक शिक्षा र व्यावसायिक तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता मन्त्री थापाको छ ।
गण्डकी प्रदेश सरकारले महिलामैत्री स्वास्थ्य सेवा विस्तार गर्दै गर्भावस्था, प्रसूति र मानसिक स्वास्थ्य सेवामा विशेष ध्यान दिएको उनले उल्लेख गरे ।
उनले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैलाई थप ऊर्जा र उत्साह प्राप्त होस् भन्ने कामना गरेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख नितु गड्तौलाले समानता र महिला अधिकार प्रत्याभूत हुने कुरामा सबैको जोड हुनुपर्ने आवश्यकतालाई औंल्याएकी छिन् । गैर सरकारी संस्था महासंघ प्रदेशका उपाध्यक्ष पदम पहारी लगायतले बोलेको कार्यक्रममा सुरक्षाकर्मी, मानवअधिकारकर्मी, सामाजिक अभियान्ता र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
पोखराको जिरो किलोमिटरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ