पोखरा । पोखरामा धार्मिक अनुष्ठान ‘कोटीहोम’ भन्दै आयोजना गर्न लागिएकोमा यसलाई रोक्न विश्व हिन्दु महासङ्घ राष्ट्रिय समिति कास्कीले माग गरेको छ ।
महासङ्घले पोखरा महानगरपालिकालाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकताको रक्षा गर्न विवादित कार्यक्रम रोक्नुपर्ने माग गर्दै पठाएको पत्र सार्वजनिक भएको छ ।
महासङ्घले कोटीहोमका नाममा गरिने भनिएको उक्त अनुष्ठान हिन्दु धर्म र परम्परासँग मेल नखाने, समाजमा विद्वेष फैलाउने, तथा आरोप प्रत्यारोपको माध्यम बन्न सक्ने खालको रहेको जनाएको छ । साथै, यस कार्यक्रमले धार्मिक आस्थालाई विवादमा ल्याउन सक्ने भन्दै महासङ्घले चासो व्यक्त गरेको छ ।
पत्रमा उल्लेख भएअनुसार, पोखरामा यसअघि पनि विभिन्न धार्मिक गतिविधिहरूको आडमा समाजलाई विभाजित गर्ने प्रयासहरू हुँदै आएको भन्दै महासङ्घले यस्ता कार्यहरूलाई प्रश्रय दिन नहुने उल्लेख गरेको छ । धार्मिक कार्यको नाममा राजनीतिक स्वार्थ पूर्ति गर्ने, सामाजिक सद्भाव भड्काउने र हिन्दु धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको महासङ्घको भनाइ छ ।
महासङ्घ राष्ट्रिय समिति, कास्कीका अध्यक्ष सुजनबाबु पौडेलद्वारा हस्ताक्षरित पत्रमा धार्मिक आस्थाका नाममा गरिने हरेक क्रियाकलाप शुद्ध र पवित्र हुनुपर्नेमा जोड दिइएको छ। साथै, समाजमा द्वन्द्व सिर्जना गर्ने किसिमका गतिविधिहरू रोक्न स्थानीय प्रशासनसँग आग्रह गरिएको छ।
महासङ्घले पोखरामा धार्मिक आस्थाका नाममा गलत प्रवृत्तिहरू फैलन नदिन आम जनसमुदायलाई सचेत रहन पनि अपिल गरेको छ । साथै, स्थानीय प्रशासन, धार्मिक सङ्घ संस्था, तथा सर्वसाधारण नागरिकलाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरिएको छ ।
मानव सेवा फाउन्डेसनले पोखराको बाराहीघाट वैशाख १६ देखि जेठ २६ गतेसम्म गण्डकी कोटीहोम गर्ने भनेको छ । महानगरले भने कोटीहोम उक्त ठाउँमा हुन नसक्ने बताउँदै आएको छ ।
शुक्रबार बाराहीघाट मैदानमा भूमि पूजनका क्रममा महानगरका नगर प्रहरी र कोटीहोम समर्थकबीच झडप भएको थियो । झडपका क्रममा दुवै पक्षका केही घाइते भएका छन् । यसबाट धार्मिक सहिष्णुता खलबलिने र धर्मका नाममा लडाइँ हुने भन्दै चिन्ता बढाएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर