पोखरा । आर्थिक सशक्तिकरणका लागि महिला उद्यमशिलता भन्ने नारा सहित ११५औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पोखरामा कर्मशील नारी खाद्य उद्योगको औपचारिक शुभारम्भ भएको छ । स्थानीय उत्पादन प्रवद्र्धन, महिला उद्यमशीलता, र आर्थिक सशक्तिकरणलाई ध्यानमा राखी कर्मशिल महिला समुहले उक्त खाद्य उद्योग संचालनमा ल्याएका हो ।
उक्त खाद्य उद्योगको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले उद्योगको शुभारम्भ गर्दै महिलाहरू केवल गृहिणी मात्र होइनन्, उनीहरू सक्षम उद्यमी, व्यवस्थापक र समाज परिवर्तनका संवाहक भएको बताइन् । उनले भनिन् “कर्मशील नारी खाद्य उद्योगजस्ता स्थानीय उत्पादनमा आधारित उद्यमहरूले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले उद्योग संचालनसँगै आउने कतिपय कठिनाइ र चुनौतीहरुले विचलित गुणस्तरीय उत्पादन प्रविधिमैत्री मार्केटिगंमा ध्यान दिन सुझाव दिंदै महिलाहरूको उत्पादन र व्यवसायको क्षेत्रमा देखाएको यो सक्रियता प्रशंसा गरिन् ।
विशेष अतिथि लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले स्थानीय स्तरमा स्थापना भएका यस्ता उद्योगहरूले आर्थिक वृद्धिमा टेवा पुग्ने बताइन् । उनले यस्ता उद्योग संचालनले समुदायभित्र आत्मनिर्भरता र उद्यमशीलताको भावना पनि विकास गराउने धारणा राखिन् ।

कर्मशील नारी खाद्य उद्योगकी अध्यक्ष एवम कार्यक्रमकी सभाध्यक्ष सुनिता खत्रीले स्थानीय स्रोतसाधनको उपयोग गर्दै गुन्द्रुक, मस्यौरा, कोदो, फापर लगायतका पिठो, अचार, सुकुटी, विभिन्न प्रकारका मसला, फ्रोजन मम लगायत ३० थरिका उत्पादनरहेको जानकारी दिइन् ।
उद्योगका सचिव सरिता भुजेलले उद्योगले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने भएकाले यसले किसानहरूलाई समेत प्रत्यक्ष रूपमा फाइदा पुग्ने बताइन् । उनका अनुसार उद्योगमा उत्पादन गरिने अचार, सुकुटी, तथा अन्य खाद्य सामग्रीहरू विशेष गरी पारम्परिक नेपाली स्वादयुक्त हुनेछन्, जसले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापन गर्न मद्दत गर्ने बताइन् । उनका अनुसार १२ जना महिलाले मासिक १ हजार जम्मा गरेर ३ लाख पुँजी संकलन गरी लगानीको शुरुआत गरेको र अहिले थुप्रै दिदीबहिनी शेयर थप्नका साथै रोजगारको लागि उत्साहित भएको उनकोभ भनाइ थियो ।
कार्यक्रममा पोख्रेली मिनरल वाटरका प्रोप्राइटर तथा कौसी करेसा खेतीका कुशल प्रशिक्षक कान्ति पौडेल अधिकारी, वडा स्तरीय कृषि सञ्जाल ८ की संयोजक सबित्रा अधिकारी घिमिरे, वडा ९ की संयोजक विमला रानाभाट, पोखरा लेडी जेसीज २०२५ की अध्यक्ष अनिता थापा खड्का, बुहारी सशक्तीकरण समाज कास्कीकी अध्यक्ष निरु केसी, तथा लायन्स क्लब अफ मोनालिसाकी अध्यक्ष शकुन पौडेल आर्थिक शुभकामना मन्तब्य राखेका थिए ।
कर्मशिल नारि समुहकी उपाध्यक्ष पुष्पा शर्मा पौडेलले स्वागत मन्तब्यसँगै उद्योगको स्थापना र आगामी रणनीतिकोबारेमा प्रष्ट पारेकी थिइन् ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो