गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । विवादित व्यक्तिको अगुवाईमा पोखरामा कोटीहोम हुन नदिने अडानमा रहेको पोखरा महानगर र जुनै हालतमा पनि तीन महिने कोटीहोम गर्ने अड्डी कसेको मानव सेवा फाउण्डेशन अन्ततः दुवै पक्ष एक कदम पछाडि हटेका छन् ।
कोटी होम गर्न दिन पोखरा महानगर तयार बनेको छ भने लेकसाइडको बाराहीघाटमै कोटीहोम गर्ने अडानमा रहेको मानव सेवा फाउण्डेशन पनि स्थान परिवर्तन गरेरै भएपनि कोटीहोम गर्न तयार बनेको हो ।
सोमबार महानगरपालिकामा बसेको विभिन्न पक्षको बैठकले कोटिहोम गर्न दिने तर स्थान हेरफेरका लागि समिति नै बनाउने सहमति गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रतिनिधिको रोहबरमा महानगरपालिका, तीनवटै सुरक्षा निकाय र आयोजक मानवसेवा फाउन्डेसनका प्रतिनिधीबीच वार्ता भएको थियो ।
कोटिहोममा महानगरपालिकाले पनि अपनत्व लिने निर्णय गरेको भन्दै विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले अब कोटीहोम सबै पक्षको रहेको प्रतिक्रिया दिए ।
स्थानका विषयमा देखिएको विवाद टुंग्याउन मंगलबार कार्यपालिका बैठक बस्ने निर्णय भएको छ । कार्यपालिका बैठक बसेर पाँच सदस्यीय विवाद समाधान समिति बनाउने र सो समितिको सिफारिस बमोजिम आयोजना स्थल टुंगो लगाइने भएको हो ।
समितिमा आयोजकका तर्फबाट दुई जना, महानगरबाट दुई जना र जिल्ला प्रशासनबाट एक जना रहनेछन् । समितिले स्थानको टुंगो यही हप्ताभित्र लगाउने बताइन्छ ।
धर्मगुरु विजय कृष्णमूर्तिजी महाराज भन्दै आफूलाई चिनाउने विजय भण्डारीमाथि झण्डै डेढ दशकदेखि धार्मिक क्रियाकलापको आवरणमा ठगी गर्दै आएको आरोप छ । उनी पटक पटक गरी तीन वर्ष बढी जेल पनि पुगिसकेका व्यक्ति हुन् ।
पशुपति कोटीहोम आयोजना गरेर समापनका समयमा विवादित बनेका उनको मानव सेवा फाउण्डेशनले पोखरामा कोटीहोमका लागि भन्दै चौताराका पूराना रुख काटेको आरोपमा सुरुबाटै यो महायज्ञ विवादित बनेको छ । भूमिपूजनका बेला गत शुक्रबार बाराहीघाटमा पोखरा महानगर प्रहरी र कोटीहोम आयोजकपक्षबीच झडप हुँदा दर्जन बढी घाइते भएका थिए ।
धार्मिक सद्भाव खल्बलिने र महायज्ञको नाममा धर्मको लडाईं हुने भय अब यो सहमतिसँगै मत्थर हुने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’