गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । विवादित व्यक्तिको अगुवाईमा पोखरामा कोटीहोम हुन नदिने अडानमा रहेको पोखरा महानगर र जुनै हालतमा पनि तीन महिने कोटीहोम गर्ने अड्डी कसेको मानव सेवा फाउण्डेशन अन्ततः दुवै पक्ष एक कदम पछाडि हटेका छन् ।
कोटी होम गर्न दिन पोखरा महानगर तयार बनेको छ भने लेकसाइडको बाराहीघाटमै कोटीहोम गर्ने अडानमा रहेको मानव सेवा फाउण्डेशन पनि स्थान परिवर्तन गरेरै भएपनि कोटीहोम गर्न तयार बनेको हो ।
सोमबार महानगरपालिकामा बसेको विभिन्न पक्षको बैठकले कोटिहोम गर्न दिने तर स्थान हेरफेरका लागि समिति नै बनाउने सहमति गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रतिनिधिको रोहबरमा महानगरपालिका, तीनवटै सुरक्षा निकाय र आयोजक मानवसेवा फाउन्डेसनका प्रतिनिधीबीच वार्ता भएको थियो ।
कोटिहोममा महानगरपालिकाले पनि अपनत्व लिने निर्णय गरेको भन्दै विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले अब कोटीहोम सबै पक्षको रहेको प्रतिक्रिया दिए ।
स्थानका विषयमा देखिएको विवाद टुंग्याउन मंगलबार कार्यपालिका बैठक बस्ने निर्णय भएको छ । कार्यपालिका बैठक बसेर पाँच सदस्यीय विवाद समाधान समिति बनाउने र सो समितिको सिफारिस बमोजिम आयोजना स्थल टुंगो लगाइने भएको हो ।
समितिमा आयोजकका तर्फबाट दुई जना, महानगरबाट दुई जना र जिल्ला प्रशासनबाट एक जना रहनेछन् । समितिले स्थानको टुंगो यही हप्ताभित्र लगाउने बताइन्छ ।
धर्मगुरु विजय कृष्णमूर्तिजी महाराज भन्दै आफूलाई चिनाउने विजय भण्डारीमाथि झण्डै डेढ दशकदेखि धार्मिक क्रियाकलापको आवरणमा ठगी गर्दै आएको आरोप छ । उनी पटक पटक गरी तीन वर्ष बढी जेल पनि पुगिसकेका व्यक्ति हुन् ।
पशुपति कोटीहोम आयोजना गरेर समापनका समयमा विवादित बनेका उनको मानव सेवा फाउण्डेशनले पोखरामा कोटीहोमका लागि भन्दै चौताराका पूराना रुख काटेको आरोपमा सुरुबाटै यो महायज्ञ विवादित बनेको छ । भूमिपूजनका बेला गत शुक्रबार बाराहीघाटमा पोखरा महानगर प्रहरी र कोटीहोम आयोजकपक्षबीच झडप हुँदा दर्जन बढी घाइते भएका थिए ।
धार्मिक सद्भाव खल्बलिने र महायज्ञको नाममा धर्मको लडाईं हुने भय अब यो सहमतिसँगै मत्थर हुने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्