पोखरा । सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) आज स्याङ्जाको वालिङमा हुँदैछ ।
पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको वालिङ बजारमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । चेम्बर अफ कमर्स वालिङको आयोजनामा जारी प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने छन् ।
नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउने अभियान अन्तर्गत वालिङमा दोश्रो श्रृंखला हुन लागेको ‘व्याक टु नाइन्टिज’का संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड गुञ्जिने उनले बताए । स्थानिय व्यवसायी तथा समाजसेवीहरु बिजय मल्ल, बिजयविक्रम खाँड, सुनिल खनाल, टेकबहादुर कार्की, बिरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा आयोजित कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लिन सक्नेछन् ।
वालिङमा हुने सेकेण्ड एडिसनसँगै ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान शुरु हुने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए ।
९० को दशकमा उदाएर पोखरालाई व्याण्डहरुको राजधानी बनाएका यी व्याण्डहरुले सोहि विरासत फर्काउन संघका सचिव भाष्करध्वज श्रेष्ठको ‘व्याक टु नाइन्टिज’को कन्सेप्ट जन्मिएको हो । पोखराको अपार सफलतासँगै यो अभियान देशव्यापी लैजाने तयारीमा कलाकार संघ रहेको छ । वालिङपछि म्याग्दीको बेनी, लमजुङको बेशीसहर, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, ईलाम, विर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमा गर्ने तयारी भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ । अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहनेछ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा