एमाले गण्डकीको कार्यालय सचिवमा तनहुँका आरके पोख्रेल

एमाले गण्डकीको कार्यालय सचिवमा तनहुँका आरके पोख्रेल

rk-pokhrel

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको कार्यालय सचिवको जिम्मेवारी तनहुँका रमाकान्त (आर.के) पोख्रेलले पाएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले शुक्रबार पोख्रेललाई मनोनयनपत्र हस्तान्तरण गरेका हुन् ।

तनहुँको घिरिङ गाउँपालिका–१ का पोख्रेलले शुक्रबारदेखि नै उक्त जिम्मेवारी सम्हालेका छन् ।

गत फागुन २० गते बसेको सचिवालय चौथो पूर्ण बैठकले पोख्रेललाई प्रदेश कमिटीको कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

आर.के अनेरास्ववियुको स्कुल प्रारम्भिक कमिटी सदस्य, तनहुँ जिल्ला सदस्य, सचिवालय सदस्य, सचिव हुँदै अध्यक्ष भएका थिए । उनी संगठनको केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, गण्डकी प्रदेश कमिटी सचिव र संयोजक पनि भए । उनी नेकपा (एमाले)जिल्ला कमिटी तनहुँको सदस्य पनि भइसकेका छन् ।

२०७४ सालको निर्वाचनपछि तनहुँका किरण गुरुङ गण्डकी प्रदेशको अर्थमन्त्री हुँदा रमाकान्त स्वकीय सचिव थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds