पोखराको जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया हाललाई स्थगित गरिएको क्याम्पस प्रमुखले जनाएका छन् ।
क्याम्पस प्रमुख कृष्ण बाबु बरालले जारी गरेको सूचनामा गठित निर्वाचन समितिले राजीनामा दिएको र निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज वातावरण नभएकाले अर्को सूचना प्रकाशित नगरेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गरिएको उल्लेख छ ।

अनेरास्ववियूले माग्यो क्याम्पस प्रमुख र व्यवस्थापन समितिको राजीनामा
क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया स्थगित गरेपछि जनप्रिय क्याम्पसको प्रमुख संगठन अनेरास्ववियु ८ वर्षयता हुन नसकेको स्ववियु निर्वाचन यसपटक पनि हुन नदिने षड्यन्त्र भएको भन्दै आक्रोशित बनेको छ ।
उसले क्याम्पस प्रमुख कृष्ण बाबु बराल र व्यवस्थापन समितिको राजीनामा पनि माग गरेको छ ।
स्ववियु अध्यक्ष पदका उम्मेदवारसमेत रहेका अनेरास्ववियुका क्याम्पस कमिटी संयोजक आविष्कार केसीले विज्ञप्ति जारी गर्दै निर्वाचन समिति, क्याम्पस प्रमुख र व्यवस्थापन समिति लाचार भएको भन्दै निर्वाचन स्थगित गरिएकोमा आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ – ‘मतदाता विद्यार्थीको मताधिकारमाथि खेलबाड गर्ने लाचार तथा असक्षम क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समितिको तत्काल राजीनामा माग्दछौँ’, उनले भनेका छन्, ’हाम्रो मागलाई बेवास्ता गर्ने दुष्प्रयास गरिएको खण्डमा विद्यार्थी हकहित र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु कडा प्रतिकारमा उत्रने र आइपर्ने अवस्थाको जिम्मेवारी यही लाचार क्याम्पस प्रशासनले लिनुपर्नेछ ।’
तालाबन्दीलाई मौन समर्थन गर्नु, हातहतियारसहित क्याम्पसभित्र प्रवेश गर्ने केही संगठनका नेताविरुद्ध कानुन एवं प्रशासनिक कदम नचाल्नु र चुनाव सुरु हुनभन्दा २ दिनअघि निर्वाचन प्रक्रिया स्थगन गर्नुमा स्वयं निर्वाचन समिति, क्याम्पस प्रशासन र नियमनकारी क्याम्पस व्यवस्थापन समितिकै मिलेमतो रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ- ‘विगत ८ वर्षयता नभएको स्ववियु निर्वाचनलाई अहिले पनि रोकेर क्याम्पस प्रशासनले गरेका लापरबाही र अनियमितता एवं भ्रष्टचारको पोल खुल्ने डरले निर्वाचन सम्पन्न गराउनुपर्ने प्रमुख दायित्वबाट पन्छिएर विद्यार्थी संगठनलाई दोष दिनुु, निर्वाचन स्थगित गर्नु झनै लज्जास्पद र शंकास्पद छ’

समय सकिएपछि पनि संयुक्त प्यानल दर्ता गर्न पाउनुपर्ने माग राखेर नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू, विप्लवनिकट अखिल (समाजवादी)ले निर्वाचन अधिकृतको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा फागुन २८ मा तालाबन्दी गरेका थिए ।
गत फागुन २७ मा उम्मेदवारी दर्ताको समय थियो । सुरुमा छुट्टाछुट्टै संगठन र उम्मेदवारी दर्ता गरेका तीन संगठनले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि पनि संयुक्त प्यानल दर्ताको माग गरेका थिए । निर्वाचन अधिकृतले पनि यो माग सम्बोधन गर्न नसकिने भनेपछि यी तीन संगठनले तालाबन्दी गरेका थिए ।
ताला खोल्ने विषयमा शनिबार बिहान सबै संगठनसँग निर्वाचन समिति र क्याम्पस प्रमुखले छलफल गरेका थिए । उक्त छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा सहमति नजुटेपछि अनेरास्ववियुले शनिबार साँझ ६ बजे विज्ञप्ती निकालेर क्याम्पसलाई निर्वाचनको वातावरण बनाउन १८ घण्टाको अल्टिमेटम दिएको छ । तर, क्याम्पस प्रमुखले आइतबार साँझ ५ बजे निर्वाचन नै स्थगित गरिदिएका हुन् ।

सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो