पोखराको जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया हाललाई स्थगित गरिएको क्याम्पस प्रमुखले जनाएका छन् ।
क्याम्पस प्रमुख कृष्ण बाबु बरालले जारी गरेको सूचनामा गठित निर्वाचन समितिले राजीनामा दिएको र निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज वातावरण नभएकाले अर्को सूचना प्रकाशित नगरेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गरिएको उल्लेख छ ।

अनेरास्ववियूले माग्यो क्याम्पस प्रमुख र व्यवस्थापन समितिको राजीनामा
क्याम्पस प्रशासनले निर्वाचन प्रक्रिया स्थगित गरेपछि जनप्रिय क्याम्पसको प्रमुख संगठन अनेरास्ववियु ८ वर्षयता हुन नसकेको स्ववियु निर्वाचन यसपटक पनि हुन नदिने षड्यन्त्र भएको भन्दै आक्रोशित बनेको छ ।
उसले क्याम्पस प्रमुख कृष्ण बाबु बराल र व्यवस्थापन समितिको राजीनामा पनि माग गरेको छ ।
स्ववियु अध्यक्ष पदका उम्मेदवारसमेत रहेका अनेरास्ववियुका क्याम्पस कमिटी संयोजक आविष्कार केसीले विज्ञप्ति जारी गर्दै निर्वाचन समिति, क्याम्पस प्रमुख र व्यवस्थापन समिति लाचार भएको भन्दै निर्वाचन स्थगित गरिएकोमा आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ – ‘मतदाता विद्यार्थीको मताधिकारमाथि खेलबाड गर्ने लाचार तथा असक्षम क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समितिको तत्काल राजीनामा माग्दछौँ’, उनले भनेका छन्, ’हाम्रो मागलाई बेवास्ता गर्ने दुष्प्रयास गरिएको खण्डमा विद्यार्थी हकहित र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु कडा प्रतिकारमा उत्रने र आइपर्ने अवस्थाको जिम्मेवारी यही लाचार क्याम्पस प्रशासनले लिनुपर्नेछ ।’
तालाबन्दीलाई मौन समर्थन गर्नु, हातहतियारसहित क्याम्पसभित्र प्रवेश गर्ने केही संगठनका नेताविरुद्ध कानुन एवं प्रशासनिक कदम नचाल्नु र चुनाव सुरु हुनभन्दा २ दिनअघि निर्वाचन प्रक्रिया स्थगन गर्नुमा स्वयं निर्वाचन समिति, क्याम्पस प्रशासन र नियमनकारी क्याम्पस व्यवस्थापन समितिकै मिलेमतो रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ- ‘विगत ८ वर्षयता नभएको स्ववियु निर्वाचनलाई अहिले पनि रोकेर क्याम्पस प्रशासनले गरेका लापरबाही र अनियमितता एवं भ्रष्टचारको पोल खुल्ने डरले निर्वाचन सम्पन्न गराउनुपर्ने प्रमुख दायित्वबाट पन्छिएर विद्यार्थी संगठनलाई दोष दिनुु, निर्वाचन स्थगित गर्नु झनै लज्जास्पद र शंकास्पद छ’

समय सकिएपछि पनि संयुक्त प्यानल दर्ता गर्न पाउनुपर्ने माग राखेर नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू, विप्लवनिकट अखिल (समाजवादी)ले निर्वाचन अधिकृतको कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा फागुन २८ मा तालाबन्दी गरेका थिए ।
गत फागुन २७ मा उम्मेदवारी दर्ताको समय थियो । सुरुमा छुट्टाछुट्टै संगठन र उम्मेदवारी दर्ता गरेका तीन संगठनले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि पनि संयुक्त प्यानल दर्ताको माग गरेका थिए । निर्वाचन अधिकृतले पनि यो माग सम्बोधन गर्न नसकिने भनेपछि यी तीन संगठनले तालाबन्दी गरेका थिए ।
ताला खोल्ने विषयमा शनिबार बिहान सबै संगठनसँग निर्वाचन समिति र क्याम्पस प्रमुखले छलफल गरेका थिए । उक्त छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा सहमति नजुटेपछि अनेरास्ववियुले शनिबार साँझ ६ बजे विज्ञप्ती निकालेर क्याम्पसलाई निर्वाचनको वातावरण बनाउन १८ घण्टाको अल्टिमेटम दिएको छ । तर, क्याम्पस प्रमुखले आइतबार साँझ ५ बजे निर्वाचन नै स्थगित गरिदिएका हुन् ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?