पोखरा । मतपत्र छपाईमा त्रुटि भएपछि पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा मतदान सुरु हुन सकेको छैन ।
अखिल छैटौँका उम्मेदवारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोष्ठक छुटेपछि विरोध गरेको हो ।
निर्वाचन समितिले अखिल छैठौंको तर्फबाट उम्मेदवार बनेका मिलन सुनारको मतदान गर्नलाई कोष्ट नराखिएको अखिल छैठौं कास्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अखिल (छैटौँ) का क्याम्पस अध्यक्ष सोमनाथ अधिकारीले विज्ञप्ति जारी गरी सबै संगठनको सर्वदलीय बैठक नभईकन निर्वाचन अगाडि बढाएमा त्यसबाट हुने सम्भावित दुर्घटनाको जिम्मेवारी निर्वाचन आयोग नै हुने चेतावनी दिएका छन् । अहिले मतपत्रमा आफ्नो संगठनको अध्यक्षको उम्मेदवारलाई भोट गर्ने कोस्ट नराखीकन मतपत्र छापेकोले गर्दा गम्भीर ध्यानाकर्षण भएको उनले विज्ञप्तिमा भनेका छन् ।
अहिले विवाद समाधानका लागि निर्वाचन समिति र विद्यार्थी संगठनबीच सर्वदलीय बैठक चलिरहेको छ ।
पृथ्वीनारायण क्याम्पसमा नौ हजार २७० मतदाता रहेका छन् । स्ववीयु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन