महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी विन्दु एक मतान्तरले विजयी

महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी विन्दु एक मतान्तरले विजयी

निर्वाचन समितिले धाँधली गरेर विजयी घोषणा गरेको भन्दै अनेरास्ववियु विरोधमा

binduu

काठमाडौँ । स्ववियु निर्वाचनमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघकी विन्दु पोखरेल एक मत बढी आउँदा विजयी भएकी छन् ।

पोखरेलले २५९ मत ल्याउँदा अनेरास्ववियुकी मनकुमारी बुढाले २५८ मत ल्याएकी हुन् । सचिव र कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

एक मतले नेविसंघको अध्यक्ष निर्बाचित भएपछि एमाले समर्थित अनेरास्ववियुले भने मतगणनामा धाँदली भएको जनाएको छ।  दुवै उम्मेदवारले समान २५९–२५९ मत पाएको तर, निर्वाचन समितिले धाँधली गरेर नेविसंघकी पोखरेललाई एक मत बढी ल्याएको जनाएर विजयी घोषणा गरेको भन्दै अनेरास्ववियुले विरोध गरेको हो।  

अनेरास्ववियुले समानुपातिकको मतगणना समेत बहिस्कार गरेको छ। उनीहरूले मत गणनामा धाँधली भएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds