पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा आगामी २० वैशाखमा नवौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड हुँदैछ।
तयारीका लागि मञ्च आयोजनामा बुधबार बृहत् छलफल कार्यक्रम तथा पूर्व तयारी भेला सम्पन्न भयो । भेलाले मञ्च अध्यक्ष एमबि आस्थाको मूल संयोजकत्वमा १२ उपसमिति गठन गरेको महासचिव परशुराम आचार्य शर्माले जानकारी दिए ।
विगतमा झैं यस वर्ष पनि ७ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला मुख्य विधा हुन् ।
यस्तै, वर्ष प्रशिक्षक, उदीयमान खेलाडी, खेलकुद संघसंस्था वा क्लब र खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ । वर्ष उत्कृष्ट खेलाडी (महिला / पुरुष), प्रशिक्षक, उदीयमान खेलाडी विधामा उत्कृष्ट ३ मनोनयन सूचीबाट जुरीको निर्णय आधारमा मूल समारोहमा सर्वोत्कृष्ट एक जनाको नाम घोषणा गरिनेछ ।
स्पोर्टस् अवार्ड सहसंयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आलेमगर छन् । आर्थिक संकलन उपसमिति संयोजकको जिम्मा कोषाध्यक्ष बिमल तिवारीलाई दिइएको छ भने प्रचारप्रसार संयोजकमा मञ्च सचिव राजु गिरी चयन भए ।
अन्तर्राष्ट्रिय समन्वय उपसमितिमा दीननाथ बराल, संघसंस्था समन्वयमा कृष्ण दवाडी, स्वयंसेवक परिचालनमा प्रवीन मगर, सांस्कृतिक कार्यक्रममा राजाराम पौडेल, स्वागत सत्कारमा एकराज गिरी, फोटो तथा भिडियोग्राफीमा वसन्त शेर्पा, क्वीक रेस्पोन्समा शशीकुमार पौडेल संयोजक चयन भए ।
यस्तै, मञ्च व्यवस्थापनतर्फ सन्देश श्रेष्ठ, चिठीपत्र तथा निमन्त्रणामा कविता घर्ती मगर, मूल्याङ्कन तथा अनुगमनमा रामकृष्ण ज्ञावाली संयोजक चयन भएको मञ्च महासचिव परशुराम आचार्य शर्माले जानकारी दिए । आवश्यकता आधारमा उपसमिति संयोजकले सदस्य थप गर्न सक्ने छन् । वर्ष खेलाडीतर्फ प्रतिभा छनोट समिति र वर्ष उत्कृष्ट खेल पत्रकारतर्फ समिति चयन हुन बाँकी छ ।
मञ्च अध्यक्ष एमबि आस्थाको अध्यक्षतामा भएको भेलाको संचालन महासचिव परशुराम शर्मा आचार्यले गरेका थिए । नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मी, नेपाल पत्रकार महासंघ गण्डकी सदस्य एवं मञ्चका पूर्व महासचिव विजय नेपाल, मञ्चका पूर्व अध्यक्ष एकराज गिरी, सल्लाहकार सुरज श्रेष्ठ, पूर्व सल्लाहकार सुदर्शन रञ्जित, नेपाल फोटो पत्रकार संघ कास्की अध्यक्ष राम गुरुङ, पूर्व सम्मानित पत्रकार रोहितराज पराजुली, मञ्चका निवर्तमान सचिव शशिकुमार पौडेल, निवर्तमान कोषाध्यक्ष कविता घर्ती मगर समेतले स्पोर्टस् अवार्ड खेल क्षेत्रमा गण्डकीकै ब्राण्ड भएकाले सबै मिलेर सभ्य र भव्यरुपमा सफल पार्नुपर्ने सुझाव दिए ।
२०७२ सालदेखि सुरु भएको स्पोर्टस् अवार्डकाे गत आठौं संस्करणमा इन्द्रा मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । वर्ष खेलाडी पुरुषतर्फ अर्जुन कुमाल (क्रिकेट), महिलातर्फ सुस्मिता थापा मगर (आइटिएफ तेक्वान्दो) हुन् । उनीहरुले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र अवार्ड प्राप्त गरेका थए ।
उदीयमान खेलाडीको अवार्ड दिलासा राना (ब्याडमिन्टन) र वर्ष प्रशिक्षकको अवार्ड रमेश केसी (भलिबल) ले प्राप्त गरेका थिए । सहारा क्लब पोखराले संघसंस्था वा क्लबतर्फको अवार्ड प्राप्त गर्दा रोहितराज पराजुलीले खेल पत्रकारको अवार्ड प्राप्त गरेका थिए । पोखरा सभागृहमा भएको समारोहमा उनीहरुलाई जनही ३५ हजार र अवार्ड दिइएको थियो ।
खेलकुद पत्रकारको हकहितका लागि २०५७ सालमा स्थापित मञ्चले यस अलावा खेलाडीको योगदानको कदर गर्दै राजधानीबाहिर पहिलोपल्ट पोखरामा १० वर्ष पहिले स्पोर्टस् अवार्ड गरेको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला