दुई स्थानमा प्रेसर कुकर पड्किँदा दुई जना घाइते

दुर्घटना

दुई स्थानमा प्रेसर कुकर पड्किँदा दुई जना घाइते

coocket-ktm

काठमाडौंका दुई फरक स्थानमा  प्रेसर कुकर पड्किँदा दुई जना घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा कुकरको पड्किँदा एक पुरुष घाइते भएका हुन् । सविन तिवारीले सञ्चालन गरेको उज्वल तथा सम्पन्न खाजाघरमा कुकर पड्किएर ढक्कन निस्कँदा २३ वर्षीय विशाल तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

नुवाकोटको बिदुर–९ घर भएका उनी उक्त खाजाघरमा खाजा खान आएका थिए ।

त्यसैगरी, काठमाडौं लक्ष्मीनारायण भवनमा सञ्चालित लक्ष्मिनारायण आर्केड खाजा घरमा कुकुर पड्किएको थियो ।

बुधबार दिउँसो कुकर पड्किदाँ खाजा सञ्चालक ३४ वर्षीय ज्ञानबहादुर श्रेष्ठ घाइते भएका हुन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds