पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ

पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ

pakrau

पोखरा । पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दी स्थाई घर भई हाल कास्की पोखरा महानगरपालिका– ११ रानिपौवा बस्ने बर्ष २६ की एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ्रे गाउँपालिका– ३ बस्ने बर्ष ४१ को सार्जन गुरुङ र बर्ष ३० को सुजन गुरुङ रहेका प्रहरीले जनाएको छ ।

पोखरा– १७ छोरेपाटन स्थितमा लागू औषध कारोबार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट कालोझोलामा लुकाई छिपाई राखेको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाईजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुलगरी जम्मा ४२९ एम्पुल र मोबाईल ४ थान बरामद गरिएको छ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds