पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ ।
गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आज आइतबार बिहान ८ बजेदेखि पुनः सुरु भएको हो ।
क्याम्पसभित्र ६ वटा केन्द्रमार्फत मतदान सुरु भएको निर्वाचन अधिकृत प्रा. डा रामचन्द्र पोखरेलले जानकारी दिए ।
उनका अनुसार ८ बजेदेखि सुरु भएको मतदानको समय ४ बजेसम्म तोकिएको छ ।
यसअघि मतपत्रमा त्रुटि देखिएपछि मतदान स्थगित भएको थियो ।
पृथ्वीनारायण क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् । स्ववीयु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो