पर्वत । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा पालिका केन्द्र लामाखेतमा गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
अन्तरजातीय विवाह गरी सामाजिक सांस्कृतिक रूपान्तरणका लागि प्रशंसनीय एवं अनुकरणीय कार्य गरेकाले विवाहित जोडीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । अन्तरजातीय विवाहले समाजमा छुवाछुत र भेदभावको अन्त्य गर्न सहयोग पु¥याएकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्न सम्मान गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।
समाजमा रहेको जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार अन्त्य गरी समुन्नत समावेशी एवं छुवाछुतमुक्त जलजला गाउँपालिका बनाउने उद्देश्यले अन्तरजातीय विवाह गर्ने जोडीलाई हौसला प्रदान गर्न सम्मान गरिएको उनको भनाइ थियो । गण्डकी प्रदेश सभा सदस्य नन्दकला दमाईं नेपाली, गाउँपालिकाका अध्यक्ष आचार्य, गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यलगायतले अन्तरजातीय विवाह गर्ने जोडीलाई नगद पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए ।
गण्डकी प्रदेश सभा सदस्य नेपालीले अन्तरजातीय विवाहलाई समाजले स्वीकार गर्न अझै पनि कठिन भएको बताउँदै सम्मान कार्यक्रमले विवाहित जोडीलाई प्रोत्साहन मिल्नुका साथै समाजमा जनचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे । समाजमा भएको जातीय भेदभाव उन्मूलनका लागि स्थानीय सरकारले यस्तै खालका अरू पनि सचेतनाका कार्यक्रमलाई पनि जोड दिनुपर्ने उनको भनाइ थियो । अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु र विवाहित जोडीलाई हौसला प्रदान गर्न कार्यक्रमको उद्देश्य रहेको पालिका उपाध्यक्ष आचार्यले बताए ।
पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबिच विवाह भएका जोडीको विवरण सङ्कलन गरेर सम्मान गरिएको जलजला गाउँपालिकाका कार्यपालिका सदस्य एवं दलित अधिकारकर्मी भीमसेनबहादुर विश्वकर्माले बताए । गाउँपालिकाले अहिलेसम्म अन्तरजातीय विवाह गर्ने जोडीको सूचना प्रकाशित गरी नामावली सङ्कलन गरिएको उनले बताए ।
सम्मान कार्यक्रमले समाज अन्तरजातीय विवाहका जोडीलाई हौसला मिल्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृतसमेत रहेका कार्यक्रमका सम्मानित कृष्ण विश्वकर्माले बताए । अन्तरजातीय विवाहका कारण आफूले भोगेका समस्या, चुनौती र अवसरबारे उनले अनुभव सुनाए ।
यसैगरी कार्यक्रममा गत वर्ष पालिकाले सञ्चालन गरेको कक्षा ८, १० र राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दुई/दुई जना दलित छात्र र छात्रालाई पनि नगद तीन हजार रुपियाँसहित सम्मान गरिएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन