पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताको हितमा रकम खर्च गरिने बताएका छन् । संस्थानले नेपाल सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजना मार्फत् लगानीको वातावरण सिर्जना गरिनेमा जोड दिएका हुन् ।
महाप्रबन्धक नियुक्त भएपछि पहिलो भ्रमण पोखरा निस्केका ढकालले सवैकर्मचारी संग भएको क्षमता उपयोग गरेर मुस्कान सहितको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । बजेटको अभावमा उपभोक्ताको घरमा पानी नजाने समस्या समाधान गर्ने बताएका महाप्रबन्धक ढकालले नयाँ नयाँ योजना ल्याउन सवै शाखासँग आग्रह गरे । आफूलाई सवै शाखागत उपभोक्ताको ज्ञान नहुने बताएका ढकालले शाखामा कार्यरत सवै कर्मचारीको भावना, मर्म र विश्वास जितेर योजना बनाउन निर्देशन दिएका थिए ।
ठूला आयोजना अलपत्र परेको इङ्गित गर्दै सुधारको लागि आफू दौडिने प्रतिवद्धता समेत जनाए । पोखरा शाखाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खरिद प्रक्रियालाई प्रभावकारी बनाउन, मितव्ययीता अपनाउन, कामै गरेर सुधार गर्न, उपभोक्ताको सेवालाई पहिलो प्राथमिकता दिन, करार, ज्यालादारी र स्थायीबीच फरक नछुट्याउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए । महाप्रबन्धक ढकालले सवै तहमा कार्यरत कर्मचारीको समान भूमिका हुने भएकाले एक परिवार बनेर सेवा दिन सक्नु पर्नेमा जोड दिएका थिए ।
परिवारमा पर्ने समस्या परिवार भित्रै मिलाउने अभियानमा आफू रहेको भन्दै उनले भने, ॅहरेक समस्या सिधै मलाई भन्नुहोस्, भन्न नसके शाखा प्रमुख, महाशाखा प्रमुखलाई भन्नुस्, म समस्या समाधान गर्छु ।’ आफू भन्दा माथिल्लो निकायमा जानु पर्ने विषय भएपनि आफू तयार रहने बताएका थिए ।
ढकालले ढिलो गरेर कर्मचारी सेवा शर्त विनियमावली संस्थानले प्राप्त गरेपनि नमिलेका, छुटेका तथा कर्मचारीको हितमा आवश्यक पर्ने विषयमा आफू गम्भिर बनेको बताए । उनले विगतको सुविधा भन्दा धेरै नयाँ सुविधा थपिएको चर्चा गर्दै प्राप्त गरेको उपलब्धीलाई छिट्टै कार्यान्वयनमा जाने उद्घोष गरेका थिए । विनियमावली परिवर्तनशील दस्तावेज भएकाले आवश्यकताको आधारमा थपघट गर्न सकिने धारणा राखेका थिए ।
पोखरा शाखाका प्रमुख आशिष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले विभेदको नीति अन्त्य गरेर अव्बल संस्थान बनाउने अभियानमा साथ दिने बताउँदै राम्रो कार्यको स्वागत र नराम्रो कार्यको विरोध गर्ने जनाएका थिए । पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीले सञ्चालन गरेको सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका केन्द्रीय महासचिव वसन्तराज भण्डारीले सवै मिलेर संस्थानलाई विश्वसिलो र भरपर्दो बनाउनु पर्ने बताएका थिए । सभा समापन गर्दै पोखराका प्रमुख आशिष कार्कीले महाप्रबन्धकले दिएको निर्देशन पूर्णरुपमा पालना गरेर उपभोक्ताको सेवा हर समय खर्चने बताएका थिए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)