मनाङ । बेँसीसहर-चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुगेको छ।
लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर-पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो।
सफल रूपमा बस चामे पुगेपछि मनाङबासी खुसीले दंग परे। आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पुर्याइएको बस सञ्चालक सुरेश घिमिरेले बताए। उनका अनुसार अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर उक्त बस यही चैत ७ गते चामे पुगेर हो।
घिमिरेका अनुसार चालक विनोद रिमालले सहज रूपमा बसलाई चामेसम्म पुर्याएर फर्किएको छ। मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने भन्दै नयाँ र कम अनुभव भएका चालक उक्त खण्डमा नखटाइने उनले बताए।
सञ्चालक घिमिरेले स्थानीय प्रशासन तथा मनाङबासीको साथ पाए आफूले नियमित रूपमा बेंसीसहर-चामे खण्डमा यात्रुवाहक बस सञ्चालन गर्न सकिने धारणा राखे। ‘हामीले सडकको अवस्था हेरेका छौँ। अहिले परीक्षणका क्रममा अनुभव पनि भयो। अब नियमित बस सञ्चालन गर्न समस्या छैन, अनुमति पाए बस सञ्चालन गर्न सकिन्छ’, उनले भने।
सम्बन्धित खबर
मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरू
मनाङ सदरमुकाम चामेमा पहिलो पटक पुग्यो बस
मनाङको फू गाउँमा सशस्त्रको ‘बीओपी’ राखिने
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’