पोखरा । गण्डकी क्षेत्रकै कृषि राजधानीको रूपमा परिचित आलु उत्पादन केन्द्र पोखराको हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुँदैछ ।
यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने महोत्सवको तयारी तीव्र बनाइएको आयोजक विष्णुपादुका क्लबले सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकार दिएको हो ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुँदै आएको उक्त महोत्सव कृषकको चाडको रुपमा रहेको क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि साधारण टिकट प्रतिव्यक्ति ८० रुपैंया, विद्यार्थी सहुलियत ५० र हेमजाबासीलाई २ सय रुपैंयाको पास लिएपछि महोत्सवभर निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सव अवधिवर आलुको मूल्य प्रतिकिलो बढीमा ४२ रूपैंया रहनेछ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै, कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहेका श्रेष्ठले बताए ।
पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा वडा नं. २५ अध्यक्ष मोतिलाल तिमिल्सिनाले आलु महोत्सव समग्र पोखराकै ब्राण्ड बनेको उल्लेख गर्दैै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट परे । उनले भने– ‘पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गइरहेको छ । आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गण्डकीका माधव लम्साल, ज्ञान केन्द्र कास्कीका कृषि प्रसार अधिकृत रामकृष्ण अर्याल, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मी लगायतले बोलेका थिए ।
मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विकल थापाले स्वागत तथा महोत्सवका महासचिव हिक्मत थापाले कार्यक्रम संचालन गरेका थिए ।

फाइल तस्वीर
आलु उत्पादन केन्द्र हेम्जा
वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस बसोबास गर्दछन् ।
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।
हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’