काठमाडौं । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
चैत १५ मा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । हिंसात्मक प्रदर्शनको उनी कथित मुख्य कमाण्डर थिए ।
उनी भारतको असाम राज्यबाट पक्राउ परेको बताइन्छ। उनलाई पक्राउ गरेर नेपाल प्रहरीले नेपाल ल्याउँदैछ । यद्यपी, प्रसाईंले आत्मसमर्पण गरेको सचिवालयले चलाउने सामाजिक सञ्जालबाट सार्वजनिक भएको छ ।
प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले प्रसाईंलाई खोजिरहेको थियो । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।उनी विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रदर्शन बिथोलिएपछि तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर हिँडेका प्रसाई फेला पर्न सकेका थिएनन् ।
यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू नेपालमा रहेको र ज्यानको सुरक्षा ज्ञारेन्टी भए सार्वजनिक हुने बताउँदै फरार नरहेको बताउँदै आएका थिए । यद्यपि उनी पक्राउ पर्न सकेका थिएनन् ।
प्रसाईं चढेर गएको स्कोर्पियो इटहरीमा फेला परेको थियो । स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका थिए । तीनकुनेबाट प्रसाईं ललितपुरको इमाडोलस्थित धर्मगुरू भनिएका पुष्कर खतिवडाको घरमा पुगे । त्यहाँ स्याउ, केरा र दुध खाएर उनी हिँडको खतिवडाले प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार उनी इमाडोलबाट चापागाउँ पुगेका थिए ।
चापागाउँबाट फर्केर बनेपा हुँदै झापा गएको स्कोर्पियो चालकले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको देखिन्छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले स्कोर्पियो धनी काठमाडौँको काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने