प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् ।
एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५–११, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–८ ले पछि पा¥यो । बागलुङले शान्ता भलिबललाई ३–१ ले हराउन सफल रह्यो । पहिलो सेट १५–२५ ले गुमाएको बागलुङले दोस्रो सेट २५–२१, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो ।
सोमबार पुरुषतर्फको सेमिफाइनल र फाइनल खेल हुनेछन् । बिहान साढे ७ बजे पुरुषतर्फको पहिलो सेमिफाइनल पिएन क्याम्पस र पर्वतबिच हुनेछ । दोस्रो सेमिफाइनल पिरामिड कन्ट्रक्सन हङकङ र न्यू डायमण्ड म्याग्दीबिचको खेल ९ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको सेमिफाइनलपछि महिलातर्फको फाइनल खेल हुनेछ । महिलातर्फ फाइनलमा बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम भिड्नेछन् । त्यसपछि पुरुषतर्फको फाइनल खेल हुनेछ । उक्त खेल साढे एक बजे सुरु हुने आयोजकले जनाएको छ ।
आइतबार भएको पुरुषतर्फका खेलमा पर्वत र न्यू डायमण्ड म्याग्दी विजयी भएका थिए । पर्वतले देउराली युवा क्लबलाई २५–१९, २५–१५ र २५– २३ ले हरायो । न्यू डायमण्ड म्याग्दीले एलिट भलिबललाई ३–१ को सेटले पराजित ग¥यो । २८–३० ले गुमाएको न्यू डायमण्डले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस