पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । ५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् ।
हत्या गरेपछि शवलाई बोरामा पोको पारेर फालेको स्थानीयले बताएका छन् । ‘मैले बुढीलाई मारें भनेर याने घरबाट निस्किएको हो, स्थानीयले भने ।
यानबहादुर बुधबार राती ढिलो गरी घर फर्किए । रक्सीले टिल परेर घर आएका उनलाई श्रीमतिले किन ढिलो आएको भनेर गाली गरिन् । यानबहादुर झोकिए र ढुंगाले टाउकामा बजाईदिए । घटना राती साढे ९ बजेपछि भएको हो ।
सँधैजसो रक्सी पिएर घर आउने यानबहादुर बुधबार बढी नै मातेका थिए । धेरै बर्षपहिले यानबहादुरले अर्कैकी श्रीमति श्रीमायालाई भगाएर विहे गरेका हुन् । त्यसपछि सुकुम्बासी बस्तीमा श्रीमायाका दाइले टहरो बनाएर राखिदिएका थिए । हत्या गर्नुपर्ने खासै ठूलो कारण नदेखिएको घटनास्थलबाट प्रहरीले जनाएको छ ।

श्रीमतिलाई हत्या गरेपछि उनले छिमेकीलाई खवर छोडेर भागेका थिए । तर दुईघण्टाभित्रै प्रहरीले हत्यारा पक्राउ ग¥यो । ‘घटनास्थल भन्दा अलि पर डिलमनि लुकेर हेरिरहेको थियो । घटनास्थल खोला नजिकै थियो । यानबहादुर अलि पर खोलापारीको डिलमा लुकेको रहेछ, घटनास्थल पुगेका कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने–अपराधी टाढा गएको छैन भन्ने हामीलाई सुरुमै थाहा भैसकेको थियो । त्यसैले नजिकै खोज्न थाल्यौं । दुईघण्टा नवित्दै पक्राउ परे ।’
कास्की प्रहरीका असई सन्तोष सुवेदी र संघीय इकाई प्रहरीका असई भद्र पौडेलले हत्यारा पक्राउ गरेका हुन् । विहानैदेखि कास्की प्रहरी प्रमुख एसपी राना सहितको टोलि घटनास्थलमा पुगेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए