राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई देश निकाला

कारबाही

राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई देश निकाला

दुई वर्ष नेपाल आउन प्रतिबन्ध

us citizen deport

राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई सरकारले देश निकाला गरेको छ ।

गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डीपोर्ट गर्ने निर्णय गरेको हो। उनलाई मंगलबार (भोलि) सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए ।

विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्धसहित देश निकाला गरेको ढकालको भनाइ छ । ‘उहाँले पनि आफ्नो देश जाने रुची राख्नु भयो, पर्यटन भिषामा आउनु भएको रहेछ, पर्यटकीय कार्यभन्दा बाह्रय गतिविधि गरेको देखियो, त्यही कारण उहाँलाई डिपोर्ट गर्ने निर्णय भएको छ’, सूचना अधिकारी ढकालले भने ।

पर्यटक भिसामा नेपाल बस्दै आएका उनलाई प्रहरीले चैत १४ गते माइतीघरबाट पूर्वराजाको पक्षमा नारावाजी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको र राजावादीहरूसँग निरन्तर भेटघाटमा रहेको प्रहरी अनुसन्धानमा देखिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds