ललितपुर महानगरपालिका–९, मंगलबजारस्थित खपिन्छेमा पानी ट्याङ्कीमा मृत भेटिएकी ११ वर्षीय दुर्गा बोहरालाई उनकै सहोदर दाजुले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
चैत २९ गते एक घरको भुइँ तलाको पानी ट्याङ्कीमा दुर्गाको शव फेला परेको थियो । बोहराका परिवार केही समय अघिसम्म सोही घरमा डेरामा बस्थे । डेरा सरेपछि छुटेको लुगा लिन जाँदा १५ वर्षका दाजुले दुर्गाको हत्या गरेका हुन् ।
डेरामा बस्न आएको अर्को परिवारले सफा गर्दा ट्याङ्कीमा शव भेटिएको थियो । आरोपित दाजु लागुऔषध प्रयोगकर्ता समेत हुन् । उनी बालिकाका कान्छा दाइ हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीका अनुसार पक्राउ परेका किशोरले हत्या स्वीकार गर्दै लागु औषध सेवन गरेका कारण आवेसमा हत्या भएको बताएका छन्।
दाजु बहिनीले नै लागु औषधको ट्याबलेट खाएको र त्यसको नशामा आफु भएकोले त्यस्तो घटना हुन गएको १५ वर्षका किशोरले प्रहरीलाई बताएका छन्।
सो परिवार बझाङको सुर्मा घर भएर ललितपुरमा बस्दै आएका थियो । कक्षा २ मा पढ्ने बहिनीको ‘केयर’ गर्ने जिम्मा परिवारका सदस्यले आरोपित (कान्छो छोरा)लाई नै दिएका थिए । तर, अभिभावकले उचित ध्यान नदिँदा उनीहरू लागुऔषध दुर्व्यसनीमा फसेका थिए ।
घटना विवरणः
गत ०८१ चैत ४ गते राति ९ बजेर ४१ मिनेटमा दाजु–बहिनी सो घरमा आफ्नो लुगा लिन जान्छन् । दाजु–बहिनी कुरा गर्दै उक्त घर (घटनास्थल)मा जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको थियो।
दाजु बहिनी सँगै गएको फुटेज भेटिए पश्चात दाजुमाथि शंका गरेर प्रहरीले सोधपुछ गरेको थियो। उनले कोठा सर्दा छुटेका कपडाहरु लिन भनि दाजु बहिनी गएको बताएका थिए।
घरमा अँध्यारो थियो । लुगा उठाएर मैनबत्ती बालेर दाजु–बहिनी भुइँतलातर्फ झर्दै गर्दा मैनबत्ती निभ्छ । प्रहरी स्रोतका अनुसार मैनबत्ती दाजुले बोकेका थिए । मैनबत्ती निभेपछि बहिनीले दाजुलाई ‘किन निभाएको ?’ भनेर सोध्छिन् ।
दाजुले ‘मैनबत्ती भुइँमा खस्यो’ भनेर जवाफ दिन्छन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार बहिनी अगाडि र दाजु पछाडि भएर ओर्लिँदै थिए ।
मैनबत्ती निभाएको भनेर बहिनीले दाजुलाई हातले हिर्काउँछिन् । त्यसपछि त्यहीँ रहेको नाइलनको डोरीले घाँटी कसेर १५ वर्षीय किशोरले बहिनीको हत्या गरेको प्रहरीको भनाइ छ ।
घाँटीमा डोरीले कसेपछि दुर्गा ढलिन् । किशोर त्यहाँबाट कपडा बोकेर फर्किए । त्यसपछि उनी कृष्ण मन्दिरमा पुगे, जहाँ उनकी आमाले चिया बेचिरहेकी थिइन् । बोहरा परिवार खपिन्छेबाट नजिकै ललितपुर महानगरपालिका–१२ स्थित घरमा सरेका थिए । उनीहरूका बुवा ठमेलमा सुरक्षा गार्डको जागिर खान्छन् ।
राति घरमा गएर आमाछोरा सुते । बहिनी घर नफर्केपछि आमाले सोधखोज गरिन् । भोलिपल्ट दिनभर आरोपित डेरामै बसे । साँझ ५ बजेतिर बुवा ठमेलबाट डेरामा आए । चैत ५ मा साँझ ९ बजेतिर आरोपित किशोर डेराबाट निस्किएर साथीकहाँ गए । उनी त्यो रात साथीकोमै बसे ।
चैत ६ मा आरोपित बिहानै सो घरमा पुगे । बहिनी मृत अवस्थामा पल्टिरहेकी थिइन् । आरोपितले माथिल्लो तलाबाट भुइँ तलामा शवलाई ल्याएर ट्याङ्कीभित्र हाले । त्यसपछि माथिबाट पुरानो कार्पेटले छोपे । डेरा सर्दा पुरानो कार्पेट उनीहरूले नै त्यहाँ छाडेका थिए ।
ट्याङ्कीमा शव लुकाएको दुई दिनपछि उनी फेरि घटनास्थलमा गएर ढोकामा ताला लगाइदिए । घरधनी सो घरमा बस्दैनन् । डेरामा बस्न गएको अर्को परिवारलाई कोठा देखाउन खोज्दा नखुलेपछि घरधनीले फुटालेर डेरा देखाएका हुन् । दाजुले भनेका छन्, ‘मैले केही सोच्नै सकिनँ । बहिनी ढलेको देखेपछि मलाई आत्महत्या गर्ने सोच आयो ।’
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु