पोखरा । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्कस्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गुणस्तरीय ल्याबका सेवा र विशेष विशेषता प्राप्त चिकित्सको परामर्श सित्तैमा उपलब्ध गराउने कार्य प्रशंसनीय भएको बताए । मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा उमानाथ अधिकारीले मधुमेह आफैंमा रोग नभए पनि हेलचेक्राई गरे यसले ज्यानैसमेत जान सक्ने जोखिम हुने जनाए ।
मधुमेह, थाइराइड तथा हर्मन रोगमा डिएम गरेका डा अधिकारीले व्यायाम, खानपानमा उचित ध्यान र औषधोपचारमा ध्यान दिए मधुमेह लागिसकेपछि पनि स्वस्थ व्यक्तिसरह जीवनयापन गर्न सकिने उल्लेख गरे । उनले भने, ‘मधुमेहबारे अनेक भ्रम छन् । भ्रमको पछि लाग्दा जीवन नै जोखिममा पर्न सक्छ । बेला बेलामा चेकजाँच गर्ने, औषधी खाने, खानपानमा ध्यान दिन सहज जीवन बाच्न सकिन्छ ।’

व्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपानेले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको दायित्वमा निजी क्षेत्रले सहकार्य गर्नु खुसीको कुरा भएको जनाए । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनादेखि नै व्यवसायसँगै सामाजिक उत्तरदायित्व र गुणस्तरीय सेवालाई सँगसँगै लगिएको जनाए । युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६ औं शिविर हो ।
युआरएलले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट दिएको छ भने न्युरोडमा रहेको मुख्य कार्यालयबाट थाइराइड सित्तैमा जाँच गरिरहेको छ । युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सोही अनुरुपको दायित्व निर्वाह गर्दै अघि बढेको जनाए । कार्यक्रममा काठमाडौं ट्रमा सेन्टरका हाड जोर्नी रोग विशेषज्ञ डा अर्जुन पन्त र लोकप्रिय स्वास्थ्य क्लिनिकका सञ्चालक राजु दाहालले पनि बोलेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो