सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’

व्यवसाय

सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’

स्वीमिङ पुल खुल्ला, रेष्टुरेन्टसहित अन्य तयारी तीव्र

Pokhara Central Oasis 3

पोखरा ४, तेर्सापट्टी स्थित द क्लब सीएम (सीएम स्वीमिङ पुल) अब नयाँ व्यवस्थापनका साथ अघि बढेको छ ।

उक्त स्थानमा धेरै वर्षदेखि सञ्चालन हुँदै आएको स्वीमिङ पुललाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन पक्षले ‘पोखरा सेन्ट्रल ओयसिस’ का नाममा सञ्चालनमा ल्याइएको हो ।

भौतिक पूर्वाधार स्तरोन्नति गरी रेष्टुरेन्ट सुविधासहित सञ्चालनमा ल्याइएको एक सञ्चालक शोभा भुसाल देवकोटाले जानकारी दिइन् । तत्काल एक करोड खर्च गरिएको छ ।

स्वीमिङ सम्बन्धी सम्पूर्ण तालिम, स्पा, बारिस्टा ट्रेनिङ, क्याफे तथा कन्फरेन्स हल, मेडिटेशन र योगाको सुविधासहित ‘पोखरा सेन्ट्रल ओयसिस’ लाई सञ्चालनमा ल्याइएको सञ्चालक देवकोटाले जानकारी दिइन् ।

‘खानाका पारखीका लागि दाउराबाटै पकाएर खुवाउने व्यवस्था गरिनेछ । पोखराको मुख्य बजारभित्र पनि रूख बिरुवा बीच बसी प्राकृतिक आनन्द लिने वातावरण मिल्नेछ । त्यसका लागि द्रुत गतिमा निर्माण कार्य भइरहेको छ’ देवकोटाले भनिन् ।

अब जेठ १५ देखि सम्पूर्ण सुविधासहित सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन् ।

स्वीमिङ पुल खुल्ला, अन्य तयारी तीव्र

स्वीमिङ पुलको स्तरोन्नति गरी खुल्ला गरिसकिएको छ । पोखरामा सबैभन्दा गहिरो (११ फिट) र बच्चाहरूका लागि छुट्टै पुलको व्यवस्था गरिएको सञ्चालकले जनाएका छन् ।

सामान्य स्वीमिङको लागि ३५० रुपैंया तोकिएको छ । जुन पोखरामा सबैभन्दा सस्तो दर हो । बच्चाहरुका लागि २५० रुपैंया मात्र लिने गरिएको सञ्चालक देवकोटाले बताइन् ।

अनुभवी प्रशिक्षकलाई अनुबन्ध गरी पौडीको नियमित प्रशिक्षणको व्यवस्था पनि मिलाइएको छ । एक हप्ताका लागि ७ हजार ५ सय, १५ दिनका लागि ९ हजार र १ महिनाका लागि १२ हजार रुपैंयामा पौडी सिक्न सकिनेछ । आफूले चाहेको समयमा बालबालिका तथा वयस्कले समेत पौडी सिक्न सक्ने सञ्चालकले जनाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ