पोखरा । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा हुने ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ को तयारी तीव्र पारिएको छ ।
यही वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने च्याम्पियनशीपको तयारी ९० प्रतिशत पूरा भइसकेको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो । च्याम्पियनशीपमा छ वटा टीमको सहभागिता रहनेछ ।
विदेशका टीमहरु इरान र भारतको सहभागिता रहनेछ भने गण्डकी प्रदेश टोली र नेपालका तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब प्रतियोगितामा सहभागी हुँदैछन् ।

इरानी भलिबल टोलीका केही सदस्यहरू पोखरा आइसकेको गभर्नर अर्यालले जानकारी दिए । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगितामा कूल ९ खेल हुनेछ । प्रतियोगितामा सहभागि विभाग बाहेकका टोलीले तीन विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।
त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही ८ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।
लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।
प्रतियोगिता सम्पन्नार्थ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ र टाइगर कप भलिबल आयोजना गर्ने टाइगर ग्रुप अफ पोखरा नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।
क्लबले पोखरामा गत चैत १४ गते र काठमाण्डौमा चैत १८ गते पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइसकेको छ ।
सम्बन्धित समाचारः
लायन्सले पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्ने, उपाधि राशी ४ लाख ४४ हजार
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’