पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबनर पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो ।
कार्यक्रममा महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समिति अध्यक्ष नवराज बरालले वि.स. १९७२ सालमा स्वर्गद्वारीबाट गुरु कोपिलानन्द स्वामी आएर बसेपछि गाउँले उक्त ठाउँमा कुण्डहरु बनाउने, पूजापाठ गर्न सुरु गरिएको बताए । अहिले यसको विकासमा गाउँले लागिरहेको रसबैको साथ र सहयोग आवश्यक रहेको बताए । महाप्रभुधाममा बालाचतुर्दशीका अवसरमा सदबीज छरिने चलनसमेत छ । महाप्रभुधामसँगै रतनपाण्डे मन्दिर, त्यस क्षेत्रमा रहेको ऐतिहासिक गुफा र त्यस वरपरको पर्यटकीय क्षेत्रको विकासका लागि पत्रकारको कलम र क्यामेरा चल्नुपर्ने उनले बताए ।

वडा नम्बर १३ का अध्यक्ष किरण बरालले वडामा विभिन्न पर्यटकीय ठाउँहरु भए पनि विकास हुन नसकेको बताए । उनले यी ठाउँहरुलाई कसरी विकास गर्न सकिन्छ भनेर लागीरहेको र डिपिआर तयार पारेर अगाडि बढेको उल्लेख गरे ।
सोही अवसरमा संघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । संघका अध्यक्ष राम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बरालले वडाका पर्यटकीय स्थलको प्रचारप्रसारमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण गरेको बताए ।
उनले आगामी दिनहरुमा पनि फोटो पत्रकार संघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष माधव बराल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणी बराल, निवर्तमान अध्यक्ष दुर्गा पौडेलले फोटो पत्रकारिताका विषयमा बोलेका थिए । उनीहरुले पत्रकारितामा लेखनसँगै फोटो पनि त्यत्तिकै आवश्यक हुने बताएका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ