तनहुँ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि तनहुँमा यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ ।
बालबालिकाको पोषणमा ध्यान दिन पहिलो पटक तनहुँ जिल्लाभरि बालभिटा खुवाउन थालिएको प्रदेश स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार शनिबारदेखि जिल्लाको १० वटै स्थानीय तहमा बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालिएको छ ।
छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हरेक छ महिनाको अन्तरालमा दैनिक एक प्याकेटका दरले ६० प्याकेट बहुसूक्ष्म पोषक तत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनु पर्छ । बालभिटामा आइरनलगायत खनिज तत्व उपलब्ध हुने भएकाले रक्तअल्पता हुनबाट जोगाउने स्वास्थ्यकर्मी बताउँछन् । प्रदेश स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार बालबालिकालाई आवश्यक पर्ने १५ विभिन्न भिटामिन ‘ए’ र आइरनलगायतका खनिज तत्वहरू उपलब्ध हुने र जसले गर्दा शारीरिक वृद्धि, मानसिक र सामाजिक विकास हुन्छ । बालभिटा खुवाएका बालबालिकालाई नखुवाएको बालबालिकाका तुलनामा कम रोग लाग्ने चिकित्सकको भनाइ छ ।
सात हजार ७९९ बालबालिकालाई खुवाउने लक्ष्य निर्धारण गरिएको कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी र्दिकँडेलका अनुसार भानु नगरपालिकामा एक हजार २९, व्यास नगरपालिकामा दुई हजार दुई, म्याग्दे गाउँपालिकामा ५८५, शुक्लागण्डकी नगरपालिकामा एक हजार ११७, भीमाद नगरपालिकामा ७०१, घिरिङ गाउँपालिकामा ३२२, ऋषिङ गाउँपालिकामा ३९६, देवघाट गाउँपालिकामा ३४८, बन्दीपुर गाउँपालिकामा ४४३ र आँबुखैरेनी गाउँपालिकामा ५५६ बालबालिकालाई बालभिटा खुवाइने छ । बालबालिकालाई छ महिनादेखि दुई वर्षसम्म बालभिटा खुवाइने भएपछि बच्चाका आमाहरूले बालभिटालाई बच्चाको खानामा मिसाएर खुवाउने गरेका छन् । बालभिटा १५ प्रकारका भिटामिन तथा खनिज तत्वको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ ।
बालभिटा खानामा मिसाएर खुवाइन्छ । बालभिटा छ महिना पूरा भएदेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउनु पर्छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती