कास्कीको अन्नपूर्णमा चट्याङः मृतक मजदुरको परिवारलाई बीमा रकमसहित क्षतिपूर्तिको माग

कास्कीको अन्नपूर्णमा चट्याङः मृतक मजदुरको परिवारलाई बीमा रकमसहित क्षतिपूर्तिको माग

chatyang pic

पोखरा । कास्कीको अन्नपूर्णमा गएको आइतबार चट्याङ लागेर मृत्यु भएका दुई मजदुरको परिवारलाई बीमा रकमसहित विशेष क्षतिपूर्तिको माग गरिएको छ ।

किरात अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाल किरात कुलुङ संघ, कास्की, किरात सेवा समाज, पोखरा–कास्की र पूर्वाञ्चल सेवा समाजले मंगलबार संयुक्त रुपमा अपिल सार्वजनिक गरेको हो ।

संयुक्त अपिल मार्फत मृतक मजदुरहरुका परिवारलाई बीमा रकमसहित विशेष क्षतिपूर्तिका माग गरिएको छ । साथै मृतकहरुको शव उनीहरुको स्थायी ठेगानासम्म पुर्याउन आवश्यक सम्पूर्ण आर्थिक व्यवस्थापन गर्न पनि अपिल गरिएको छ ।

उनीहरुको मृत्यु निर्माण कार्यकै सिलसिलामा भएकोले सम्बधित निकायहरुले उक्त मागहरु तत्काल सम्बोधन गर्नुपर्ने बताइएको छ ।

उक्त परियोजना अन्नपूर्ण गाउँपालिका– ११ को जिम्मेवारीमा सञ्चालनमा रहेको छ ।

गएको आइतबार दिउँसो अन्नपूर्णमा चट्याङ लागेर पदमार्ग निर्माण कार्यमा खटिएका संखुवासभाको सिलीचोङ गाउँपालिका– २ का ४६ वर्षीय भरतकुविर राई र १५ वर्षीय महेश राईको मृत्यु भएको थियो ।

सम्बधित न्यूजः कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ