रूपा– २ का वडा अध्यक्ष सुवेदीद्वारा जनसेवाको खर्च विवरण सार्वजनिक

रूपा– २ का वडा अध्यक्ष सुवेदीद्वारा जनसेवाको खर्च विवरण सार्वजनिक

raja-subedi

पोखरा । रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले जनप्रतिनिधि भए आफूले प्राप्त गरेको सुविधाबाट जनसेवामा गरेको खर्च विवरण सार्वजनिक गरेका छन् ।

उनले २०७९ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएपछि नियमानुसार आफूले पाउने रकम पूर्ण रूपमा जनताकै लागि खर्च गर्ने घोषणा गरेका थिए ।
सोहीबमोजिम हरेक वर्ष उनले आफूले गरेको खर्च विवरण सार्वजनिक गर्दै आएका छन् ।

सुवेदीले सार्वजनिक गरेको विवरणको पूर्ण विवरण:

आदरणीय रूपाली जनसमुदायमा न्यानो माया एवम् उच्च सम्मान छ !

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचमा मैले रूपा २ को वडा अध्यक्ष पदमा निर्वाचित भयपश्चात् जनप्रतिनिधि भएपछि पाउने सेवा सुविधाको सम्पूर्ण रकम जनताको हितमा खर्च गर्ने प्रतिबद्धता गरेको थिएँ र अघिल्लो सालमा पनि जनताकै हितमा खर्च गरेको रकमको यसरी नै खर्च विवरण जानकारी गराएको पनि थिएँ ।

मलाई रूपाली जनसमुदायले जुन खालको माया गर्नुभएको छ, यसप्रति म असाध्यै खुसी छु । मलाई लागेको थिएन, यसरी तपाईंहरूको माया पाउँछु भनेर । जुन माया जसरी गरिरहनुभएको छ, यसरी नै खबरदारी पनि गरिरहन अनुरोध गर्दछु । जनताको सेवा गर्ने अठोट लिएर जनप्रतिनिधि भएपछि मैले मेरो विवेकले भ्याएसम्म जनताको काम गरिरहेको छु । मेरो क्षमताले भ्याएसम्म जनताको वास्तविक प्रतिनिधि बनेर, साझा वडा अध्यक्ष भएरै काम गरेको छु जस्तो लागेको छ ।

कहीँ कतै चुकेको छु भने मलाई सुधार्ने जिम्मेवारी पनि आम रूपाली नागरिकलाई सुम्पेको छु । मैले गरेको सबै काम सबैलाई मान्य नहुन पनि सक्छन् किनकि सबै कामको म विज्ञ पनि हैन । यदि यस्तो छ भने पनि मलाई सुधार्ने जिम्मेवारी तपाईँहरूकै हातमा सुम्पेको छु । आशा छ, यसलाई यहाँहरूले सहर्ष स्वीकार गर्नुहुने छ । हो खासमा म काँचो माटो हुँ, अब मलाई कुन आकारको भाँडो बनाउने तपाईंरूपाली जनसमुदायकै हातमा छ ।

अघिल्लो वर्ष जस्तै यसवर्ष पनि मैले वडा अध्यक्ष भएपछि प्राप्त सेवा सुविधाको रकम र व्यक्तिगत रूपमा पनि केही रकम थपेर निम्न क्षेत्रमा खर्चेको जानकारी गराउँदछु र भोलिका दिनमा कसरी अगाडि बढ्दा थप प्रभावकारी हुन्छ, सुझावसमेत चाहेको छु ।

यस वर्ष खर्च गरिएका क्षेत्रहरू:
१. जनताको स्वास्थ्य उपचार: रु. ३६,९००।–
२. युवाहरूको खेल र खेलकुद प्रबन्ध: रु. १८,०००।–
३. सूचना तथा सञ्चार (पोखरा टेलिभिजन): रु. १०,०००।–
४. भिरचोक आमा समूह: रु. ५,०००।–
५. खडागाउँ दलित शवदह निर्माण: रु.७,०००।–
६. देउराली आवि,रूपा ७ का ४४ जना विद्यार्थीलाई विद्यालय पोसाक
८. अरुणदोय आवि,रूपा ७ का ५० जना विद्यार्थीलाई विद्यालय पोसाक
९. रामकोट मावि,रूपा ७ का ५५ जना विद्यार्थीलाई विद्यालय पोसाक
१०. सरस्वती आवि,रूपा १ का ४० जना विद्यार्थीलाई विद्यालय पोसाक
११. कालिका मावि, रूपा १ का विद्यार्थी अध्यनन खर्च: रु. १०,०००।–
१२. हंसपुर–थुम्की पोखरा सम्पर्क समाज, समाजघर निर्माण सहयोग: रु. १५,०००।–
१३. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्की: ३,०००।–

अघिल्लो वर्ष खर्च गरिएका क्षेत्रहरू:
१. बिरामी नागरिक स्वास्थ्य उपचार खर्च: रु. १८,५००।–
२. खेल सामग्रीहरू वितरण: रु. २२,०००।–
३. विश्वशान्ति मावि, रूपा ५ मा ५० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण
४. चण्डी आवि, रूपा १, देउपुर मा ५० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण
५. इन्द्रयाणि आवि, रूपा ७ मा ४८ जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण
६. राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्की: रु. ३,०००।–
७. फेदी नेवाः खलः भवन निर्माण सहयोगः रु. १६,५००।– (सामग्री खरिद)
८. देउराली पौवा टोल विकास संस्था: रु. ५,०००।– ( यो वर्ष दिएको, अघिल्लो साल बोलेको)
९. रूपा देउराली नेवाः खलः, रूपा ५ (धिमेबाजा खरिद): रु. ८,०००।–
१०. थुम्की मेला २०८०: रु. ५,०००।–
११. युवा सङ्घ, रूपा कमिटीको कार्यक्रममा सहयोगः रु. ५,०००।–
१२. युवा प्रोत्साहन कार्यक्रम (रूपाका ५० जना युवाहरू): रु. २०,०००।–
१३. खेलकुद महासङ्घ, गण्डकी प्रदेश: रु. १०,०००।–
१४. कास्की अवार्ड २०८१ का लागि सहयोग: रु. २,०००।–
१५. पत्रपत्रिका, पुस्तकमा, शुभकामना छपाइ: रु. १५,०००।– (निजामती कर्मचारी सङ्गठन रु. ५०००।–वातावरण सुधार एवम् संरक्षण अभियान रु. १०,०००।–)
१६. विविध: रु. १०,०००।–
निर्वाचित भएपछिको पहिलो आर्थिक वर्षमा खर्च गरिएका क्षेत्रहरू:
१. बिरामी जनताको औषधोपचारः रु. १५,०००।–
२. जन्मदिनमा वृद्धाश्रममा लत्ताकपडा र खाद्यान्न सहयोगः रु. ३०,०००।–
३. शान्तिदीप युवा क्लब: रु. ५,०००।–
४. सिद्धार्थ स्मृति क्लब: रु. ५,०००।–
६. युवा प्रोत्साहन कार्यक्रम: रु. १०,०००।– (माझकोट)
७. खेलकुद महासङ्घ, गण्डकी प्रदेश: रु. ५,०००।–
८. सिद्धार्थ स्मृति क्लबको भलिबल प्रतियोगितामा टिम दर्ता (रूपा–२): रु.४,०००।–
९. कालिका मावि, रूपा– १ मा विद्यार्थी पढाइ कार्यक्रम: रु.५,०००।–
१०. रूपा गाउँपालिका स्थापना दिवसमा खेलाडीलाई यातायात खर्च: रु. ३,०००।–
११. पूर्व विद्यार्थी मञ्च, शिवालय मावि: रु. ५,०००।–
१२. सुकल्प समाजको राष्ट्रिय महाधिवेशन: रु.५,०००।–
१३. रूपा– २ अन्तर्गत साविकका वडाहरूमा खेल सामग्री वितरणः
 साविक वडा नम्बर ९: भलिबल १ थान
 साविक वडा नम्बर ८: भलिबल ४ थान, जाली २ थान
 साविक वडा नम्बर ७: भलिबल २ थान, जाली १ थान (माझकोट) र भलिबल १ थान, जाली १ थान (गैरीगाउँ)
 साविक वडा नम्बर ६: भलिबल २ थान
१४. रूपा– ४: भलिबल २ थान (राजेश शाही)
१५. रूपा– ६, भिरचोक: २ थान भलिबल, १ थान फुटबल (प्रकाश परियार)
१६. रूपा– ६, भँगरा: २ थान भलिबल (शिवराज अधिकारी)
१७. रूपा– ६, आँपुखोला: १ थान भलिबल, १ थान फुटबल (सन्तोष खड्का)
१८. रूपा– ६, आँपुखोला: भाँडाकुँडा खरिदका लागि: रु. ७,५००।– (सन्तोष खड्का)
१९. रूपा– १: भलिबल २ थान (वडा अध्यक्ष)
२०. रूपा– १, देउपुरबेँसी: भलिबल १ थान, जाली १ थान
२१. रूपा– ७, भलिबल १ थान जाली १ थान
२२. रूपा– ६, फालभञ्ज्याङ प्रहरी चौकी: रु. ३,०००।–
२३. रूपा– ५, भलिबल १ थान, जाली १ थान (टोपबहादुर श्रेष्ठ)
२५. खेलकुद महासङ्घ, गण्डकी: रु. १०,०००।–
२६. थुम्की क्लब: रु. ५,०००।–

राज्यले नियमपूर्वक जनप्रतिनिधिको सेवा सुविधाको रकम मेरो बैङ्क खातामा हालिदिएपछि सो रकम मैले जनसेवामा खर्चने गरेको छु । राजनीतिलाई सेवामूलक बनाउनुपर्छ भन्ने मान्यताका साथ म यो अभियानमा संलग्न छु ।

तलबी मान्छेहरू जनप्रतिनिधि हैनन्, कर्मचारी वा सोसरह हुन् भन्ने मान्यतामा अहिले पनि म अडिग छु । जनप्रतिनिधिहरू उत्पादनमा जोडिँदै समाज सेवामा लाग्नुपर्छ भन्ने मान्यता बलियो ढङ्गबाट प्रस्तुत गर्ने गरेको छु (सक्नेले सहयोग गर्ने हो नसक्नेले गर्नैपर्छ भन्ने छैन ।) मैले सधैँ भन्ने गरेको छु, म त काँचो माटो हुँ, मलाई जनताले जस्तो बनाउन चाहे त्यस्तै बन्ने हो । मेरा जनपक्षीय योजना र जनताको चाहनाबमोजिम अघि बढ्न सकूँ भन्ने म चाहन्छु । यसै सिलसिलामा मैले धेरै रूपाली जनसमुदायसँगको सुझावमा २०८३ माघ १० गते वडा अध्यक्ष पदबाट राजिनामा गर्ने र फेरि जनसेवालाई अझै प्रभावकारी ढङ्गबाट कसरी अघि बढ्ने भन्ने विषयमा आम जनताको घर घरमा आउने छु । जनताकै सुझाव ग्रहण गरी थप राजनीतिक निर्णय गर्ने छु ।

भोलिका दिनमा के कसरी अगाडि बढ्दा राम्रो हुन्छ भनेर तपाइ सम्पूर्ण रूपाली किसान, मजदुर, शिक्षक, स्वास्थ्यकर्मीहरू, पत्रकार, इन्जिनियर सबै सबैसँग सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछु । केही विद्यालयहरूमा विद्यालय पोसाक वितरणमासमस्या देखा परेको हुँदा आदरणीय अभिभावक र प्रिय विद्यार्थी भाइबहिनीमा अबको केही दिनमा घर घरमै विद्यालय पोसाक उपलब्ध गराउने जानकारी गराउँदछु।

मलाई हौसला दिनुहुने अन्य जनप्रतिनिधि साथीहरू, कर्मचारी मित्रहरू, मत दिएर यहाँसम्म ल्याउनुहुने मतदाताहरू, ऊर्जा थपिदिने आमरूपाली जनसमुदाय, सबै पार्टीका नेता तथा शुभेच्छुकहरू र मलाई टिकट दिएर वडा अध्यक्ष बनाउने मेरो प्रिय पार्टी नेकपा (एमाले) र एमालेका नेता तथा शुभेच्छुकहरूप्रति उच्च सम्मान र हृदयको गहिराइबाट सम्झना समर्पण गर्दछु । जनताको साथमा छु र सधैँ जनताको साथमा रहिरहने छु ।

तपाईँहरूको सेवक:
राजन सुवेदी,
वडा अध्यक्ष, रूपा– २, कास्की
सम्पर्क: ९८५६०३२०३१

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ