पोखरा । खुइजरी पोखरा सम्पर्क समाजको नयाँ कार्यसमिति चयन गरिएको छ।
शनिबार सम्पन्न छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट सुबदार खर्क बहादुर फगामिको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
समाजको उपाध्यक्षमा झम्माया फगामि, सचिवमा लक बहादुर खोरजा, सह–सचिवमा यम कुमारी फगामि, कोषाध्यक्षमा इन्द्रकुमारी पूर्जा र सह–कोषाध्यक्षमा पदम बहादुर पुन चयन भएका छन्।
यस्तै, सदस्यहरुमा देवि फगामि, धनिसा खोरजा, कुसमाया खोरजा, शान्ति फगामि र पूर्ण बहादुर तिलिजा चयन भएका छन्।
अधिवेशनबाट समाजको संरक्षकमा संस्थापक तथा निवर्तमान अध्यक्ष कुल बहादुर फगामि र सल्लाहकारमा कुल बहादुर पुन चयन गरिएको छ ।
दुई जनालाई सम्मान

उक्त कार्यक्रमको अवसरमा समाजले उच्च शिक्षा हासिल गर्ने दुई जनालाई सम्मान गरेको छ ।
समाजका सदस्य कुमार पुनकी श्रीमती पुनम थापा मगर पुन (एमएड) र नव निर्वाचित अध्यक्ष खर्क बहादुर फगामिकी छोरी आशा फगामि (बिबिएस) लाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला र सम्मान–पत्रले सम्मान गरिएको थियो ।
सम्मानित पुनम पत्रकारिता क्षेत्रमा पनि क्रियाशील छिन् । हाल गण्डक न्यूजमा समाचार संयोजकको रुपमा काम गरिरहेकी उनी फोनिज गण्डकी र नेपाल पत्रकार महासंघ कस्कीका कार्य समिति सदस्यसमेत हुन् ।
यस समाजमा रहेका व्यक्ति तथा उनीहरुको परिवारबाट उच्च शिक्षा हासिल गर्ने सदस्यलाई सम्मान गर्ने समाजको नीति अनुरुप उनीहरुलाई सम्मान गरिएको संस्थापक तथा निवर्तमान अध्यक्ष कुल बहादुर फगामिले जानकारी दिए ।
उनका अनुसार पर्वतको मोदि गाउँपालिका वडा नं. ४ खुइजरी पुर्खौली जन्म थलो भई कास्कीको पोखरा महानगरपालिकामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दै आएका सबैलाई समेटेर २०७६ साल बैशाख ७ गते यो समाज स्थापना गरिएको थियो ।
समाजले स्थापना काल देखि नै समाजका व्यक्ति/परिवारमा भैपरि आएका समस्यामा सहयोग गर्नुका साथै उच्च शिक्षा हासिल गर्ने व्यक्तिहरुलाई सम्मान तथा आफ्नो परम्परा र संकृति जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो