पोखरा ः पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा निधन भएको छ । केही दिन देखि ज्वरो लगायतको रोगले थलिएकी धनकुमारीको शुक्रबार बिहान आफ्नै घरमा निधन भएको छिमेकी दामोदर भक्त थापाले जानकारी दिए ।
सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रूपमा रहेकी गुरुङको निधन भएको हो । नेपाली नागरिकता अनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङको छोरा र नातिको समेत मृत्यु भइसकेको छ ।
‘उहाँको छोरा त थिएन, धर्मनातीको रुपमा इमानसिङ गुरुङलाई पाल्नु भएको थियो । उसको पनि मृत्यु भइसक्यो’ थापाले भने ‘अहिले उहाँको किरिया पनि धर्मनातीका छोरा राजु र उनका बहिनीका छोरा भोजबहादुर बसेका छन् ।’ उनै ३६ वर्षीय पनाती राजु गुरुङले उनको पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिएको छ ।
गुरुङले भारतिय आर्मीको पेन्सन बुझ्दै आएकी थिईन् । भारतिय सेनाको पनि गोरखा राइफलमा भर्ति भएका श्रीमान लालबीरको मृत्यु भएपछि उनै पनातीको सहयोगमा धनकुमारीको नाममा पेन्सन पट्टा नामसारी गरिएको थियो । उनीसँगैका सबै साथीहरुको पनि निधन भइसकेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए