पोखरामा सुनका गहना चोरी गर्ने दुई जना पक्राउ

पोखरामा सुनका गहना चोरी गर्ने दुई जना पक्राउ

pakrau

पोखरा । पोखरामा सुनका गहना तथा नगद चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दी स्थायी घर भई हाल पोखरा महानगरपालिका– ३ बस्ने वर्ष २२ को अमृत नेपाली र धादिङ स्थायी वतन भई हाल पोखरा ३ मै बस्ने वर्ष ३४ को बिनोद नेपाली रहेका छन् ।

मंगलबार राति पोखरा ३ मोहरिया टोल स्थितमा २ वटा घर/कोठामा सुनका गरगहना तिलहरी– १ थान, सुनको औंठी– १ थान चन्द्रमा– १ थान र नगद रु.३ हजारसमेत चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिई गएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अमृतको घरकोठाबाट चोरी भएको सुनको तिलहरी– १ थान, चन्द्रमा– १ थान, चाँदीको चेन– १ थान र नगद रु.२ हजासमेत बरामद गरेको छ ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ