पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा-१७ का ऋषिराम बरालले कान्छी श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।
घरायसी झगडा परेपछि ५७ वर्षीय बरालले श्रीमती ३७ वर्षीया देवीमाया पराजुलीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ ।’

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए । दम्पत्तिको बालबच्चा नरहेको प्रवक्ता बस्नेतले जनाएका छन् ।
घटना सोमबार मध्यान्ह करिब १२ बजेको हो । देवीमायाको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान् ऋषिरामको मंगलबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।
स्थानीयका अनुसार बरालकी कान्छी श्रीमती देवीमायाले ३ वर्षदेखि विरौटा नहरचोकमा फेन्सी पसल सञ्चालन गर्दै आएकी थिइन् । ऋषिराम जेठी श्रीमतीलाई छाडेर देवीमायासँग बस्दै आएका थिए ।
जेठीसँग नजिकिएको कान्छीलाई मन नपरेको, जेठीसँग फोटो खिचेको मोबाइलमा देखेपछि झगडा भएको बुझिन्छ । पछिल्लो समय श्रीमान्–श्रीमतीबीच घरायसी विवाद बढ्दै गएको थियो ।
देवीमायाको घाँटीमा र अनुहारमा चोट लागेको छ । बराल भेटिएको स्थानमा मेटासिट नामक विषादीको डिब्बा र चक्कू भेटिएको थियो । उनीहरूको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।
कान्छीको हत्या गरेपछि जेठी श्रीमतीलाई म्यासेज पठाएर आत्महत्या गरेको बताइन्छ । त्यसपछि जेठी श्रीमतीले घरमा आफन्त पठाउँदा देवीमाया रक्ताम्मे भेटिएका थिए भने श्रीमान् घाइते अवस्थामा भेटिएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन