पोखरा । कास्कीको मादी गाउँपालिका ९ (साविक मिजुरेडाँडा ८) गहतेको प्रचार प्रसार तथा प्रचारप्रसारका लागि युवाहरु निरन्तर क्रियाशील छन् । नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारी मादी गाउँपालिकामा ‘दोस्रो मच्छिन्द्रनाथ देवी कप सेभेन ए साईड फुटबल प्रतियोगिता २०७५’ को आयोजना उनीहरु गर्दैछन् ।
सृजना युवा क्लब, गहतेले आफ्नो २३ औं वार्षिकोत्सवको सन्दर्भ पारी आगामी कार्तिक ४ गतेदेखि ६ गतेसम्म प्रतियोगिताको आयोजना गरेको आयोजकले पोखरामा आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पोखराबाट नजिकै रहेर पनि ओझेलमा परेको गाउँको प्रचार प्रसार, पर्यटन प्रवद्र्धनका साथै कुलत जस्ता विकृतिमा युवाहरुलाई फस्न नदिई खेलकुदको विकासमा टेवा पु¥याउने, गुरुङ साँस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्न सघाउ पुग्नेमा युवाहरु आशावादी छन् ।
गहते गाउँलाई होमस्टे गाउँ बनाई आन्तरिक एवम बाह्य पर्यटन पर्वद्धन गर्न, पवित्र धार्मिक स्थल मछिन्द्रनाथदेवि डाँडाको प्रचारप्रसारका साथै सडक निर्माणमा सहयोग गर्न, उचित खानेपानीको विकास गर्न, समुदायमा रहेका विभिन्न शिक्षा, स्वास्थ्य एवं सडक आदिलाई मर्मत गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सचिव उत्तर गुरुङले बताए ।
उनका अनुसार प्रतियोगिताबाट प्रथम हुनेले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय स्थान प्राप्त गर्नेले र नगदन ३० हजार सहित र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, विधागत रुपमा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र हाईस्कोररलाई पनि पुरस्कार प्रदान गरिने गुरुङले बताए । प्रत्येक खेलमा म्यान अफ दी म्याच ट्रफी पनि प्रदान गरिने छ ।

फुटबलसँगै ठेलो हान्ने, धनुषवाण, रसाकस्सी (विवाहित र अविवाहित पुरुष महिलाबीच), मेच घुमाई र भित्र बाहिर जस्ता खेलको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न २ लाख खर्च लाग्ने र अनुमानित आम्दानी ३ लाख सोचिएको प्रतियोगिताका आर्थिक संयोजक सागर गुरुङले बताए । कल्बका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । पत्रकार सम्मेलन कार्यक्रमको संयोजन देवीजंग गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु