पोखरा । स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ ।
पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद रु. २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कार यहि जेठ २ गते स्व.पत्रकार गजेन्द्र भण्डारीको जन्मजयन्तीको अवसरमा प्रदान गरिने भएको हो ।
पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आइरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका पूर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोर्टस् अनलाइनका सम्पादक हुन । उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगाएतबाट सम्मानित भइ सकेका छन् ।
क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरुको छाता संगठन वानका केन्द्रिय उपाध्यक्ष हुन । आमसञ्चार र पत्रकारिता एवम समाजशास्त्रमा स्नाकोत्तर गरेकी उनी यस अघि राष्ट्रपतिद्धारा जनसेवा श्री पञ्चमबाट विभुषित , नेपाल पत्रकार महासंघ कास्कीद्धारा स्थापित स्व. जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार,प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगाएतका पुरस्कारबाट सम्मानित भइ सकेकी छन् ।
पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रिय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आवद्ध छन् ।
नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष एवम सल्लाहकार दिपेन्द्र श्रेष्ठ संयोजक, राज बहादुर गुरुङ र रामप्रसाद तिमिल्सेना सदस्य तथा महासंघका अध्यक्ष माधव बराल र सचिव भुपाल गुरुङ पदेन सदस्य रहनेगरि गठित प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासंघको मगंलबार सम्पन्न बैठकले अनुमोदन गरेको हो । बैठक पत्रकार महासंघका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स्व. गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारिता मार्फत समाज, राष्ट्र र लोकतन्त्र प्रति योगदान पु¥याएका पत्रकारको सम्मानमा अर्पण गरिने गरिएको छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण