केशब पाठक । नेपालकै सर्वाधिक ठूलो पोखरा रंगशालामा यति बेला दुइ साता देखि रमाइलो मेला चलिरहेको छ । यो मेलाको अयोजक स्वयं कास्की जिल्ला खेलकुद बिकास समिती हो । समितीले नेपाल मेला व्यवसायी संघ संग मिलेर यो आयोजना गरेको हो ।
ठिक यता रंगशाला भित्रै अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ) को वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता शनिवार बाट शुरु भएको छ । जहाँ नेदरल्याण्ड, भारत नेपाल लगाएत अन्य मुलुकका ८० भन्दा वढी खेलाडीको जमघट छ । तर आइटिएफका लागि मेला सौता जस्तै भएको छ ।
टेनिस खेल्ने ठाउँमा पिन ड्रोप साइलेन्स (सियो खस्दा पनि आवाज नआउने) आवश्यक पर्छ । तर मेलाको दोहोरी गित देखि चर्को ध्वनीले रंगशाला मात्रै होइन त्यस क्षेत्रकै माहोल बिगारेको छ । मेला बन्द गराउन कास्की जिल्ला लन टेनिस संघले कास्की जिल्ला खेलकुद बिकास समिती, प्रशासन, सामाजिक बिकास मन्त्रालय, मुख्यमन्त्रिको कार्यालय सबैतिर गुहाुर्यो । तर कसैले टेरेनन । अहिले टाउकोमा हात राखेर अब कहिल्यै आइटिएफ पोखरा नहुने भयो भन्दै चिन्ता मानेर बसेका छन ।
यतिबेला संघिय सरकार, प्रदेश सरकार, खेलकुद समिती, खेलकुद संघ–संस्थाहरु, नेपाल ओलोम्पिक कमिटीको एउटै मुखमा झुण्डिएको छ “खेलकुद मार्फत समृद्धी” । खेलकुद मार्फत धेरै भन्दा धेरै पर्यटक नेपाल भित्राउने अनि खेल मार्फत पर्यटनको बिकास गर्ने । अनि सके सम्म धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने । भन्न जती सजिलो छ गराईमा उत्तिकै भिन्नता देखिन्छ । आएका ८० जना खेलाडी तिनका परिवार खेल नै छोडेर आजित मान्दै फर्कने स्थिती आएपछि भनाई र गराइमा स्वतः फरक देखिएको हो । पोखरामा एक मात्र अन्र्राष्ट्रिय स्तरको आइटिएफ गत वर्ष देखि सुरु भएको हो । “आइटिएफ रोकिनु भनेको नेपालको खेलकुदमा अन्तर्राष्ट्रिय स्तरमा नै ठूलो बदनाम हुनु बाहेक केही होइन” कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले भने ।
टेनिस संघ कास्कीका पदाधिकारी प्रदेश सामाजिक विकास मन्त्रिलाई भनेर मेला रोक्न खोजे । तर मेला आयोजक संस्थाका अध्यक्षले फोननै नउठाएको चर्चा टेनिसमा छ । उनीहरुले भने मन्त्रिको समेत फोन उठाएनन । तर समितीका अध्यक्ष याम गुरुङ भने आफ्नो फेसबुकमा खेलकुदका लागि कहिले काठमाडौ तर कहिले पोखरा जानु परेको विषयमा गर्व गर्दै खुसी प्रकट गरेका छन । उनी यति बेला आफु संलग्न रहेको संघले आयोजना गरेको भलिबलमा काठमाडौमा व्यस्त छन ।
शनिबार उद्घाटन भएको खेलमा धेरै विदेशी खेलाडीहरुले खेल्नै नसकेको गुनासो टेनिस संघले कास्कीले गरेको छ । पोखरामा राजनितीककर्मी कमल थापा पनि खेलाडी रुपमा अइटिएफ खेल्न पोखरा आएका छन । उनले संसारका धेरै ठाउँमा खेले पनि पोखराको वातावरणमा खेल्न पाउनु गौरव लाग्ने बताए । “मैले पहिलो पटक आइटिएफ अन्र्तगत पोखरामा खेल्दैछु यहाँका साथीहरुको आतिथ्यता र मेहनतीपन देखेर निकै खुसी लाग्छ” उनले भने–“तर यहाँको मेलाले अलि माहोल बिगारिको रहेछ यो सुधार हुन पर्छ ।”
राज्यको निकायले मेला आयोजना गरेर खेलकुद क्षेत्रलाई बदनाम गरेको आरोप अहिले जिल्ला खेलकुदलाई लाग्दै आएको छ । रंगशाला छिर्न पास भन्दै खेलाडी र सर्वसाधारण संग रकम उठाउनु पनि राज्यको अभिन्न अंगले गर्न मिल्छ की मिल्दैन त्यो पनि गर्भमा नै छ । तर खेलकुदको नेतृत्व लिएको राष्ट्रिय खेलकुद परिषद, महानगरपालिका, यूवा तथा खेलकुद मन्त्रालय र सामाजिक बिकास मन्त्रालय भने यस बारे मौन छ । पोखराको एक मात्र खुल्ला स्थानका रुपमा रहेको पोखरा रंगशालामा स्वस्थ्यका लागि मर्निङ वाक पनि गर्न नपाउने भए पछि पोखरेली नागरिकहरु यति बेला धुलाम्मे सडकतिर मर्निङ वाक गर्न बाध्य बन्ने स्तिथि छ ।
पोखरा रंगशालाको रमाइलो मेलाको दोहोरीले अन्तर्राष्ट्रिय टेनिस खेलमा बाधा
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु