पोखरा वडा नं. ३२ लामेआहालमा दिउँसो भएको ईभी माइक्रोबस दुर्घटनामा परी मृत्यु हुने ३ जनाको नाम वतन खुलेको छ ।
धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रो पृथ्वी राजमार्ग सडक खण्डको लामेआहालमा दिउँसो साढे ३ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुने सबै धादिङ स्थायी ठेगाना भएका छन् । गंगाजमुना फुलखर्क स्थायी घर भएकी हेम्जा निवासी ५१ वर्षीया झाङमाया गुरुङ, नीलकन्ठ नगरपालिका वडा नं. २ का १५ वर्षीय अगम गुरुङ र ज्वालामुखी वडा नं. ५ की ४५ वर्षीया तिल कुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग१ज ८६३० नम्बरको उक्त बसमा सवार ११ जनामध्ये अन्य ८ जना घाइते छन् । घाइते हुनेहरूमा हाइस चालक पोखरा महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।
घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ७ जनालाई पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । एक जनालाई सिटीस्क्यानका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारः
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
सम्बन्धित खबर
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह