पोखरा । प्रेस चौतारी नेपालद्वारा घोषणा गरिएको ‘प्रशिक्षण वर्ष–२०८२’ को लोगो सार्वजनिक गरिएको छ ।
जनसंगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे ।
उनले झूटोलाई नभई सत्यलाई साथ दिन आग्रह गरे । तथ्य राखेर सत्य स्थापित गर्ने काममा लाग्नुस् भन्दै उनले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्न आग्रहसमेत गरे ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेका अनुसार वर्ष २०८२ लाई प्रशिक्षण वर्ष घोषणा गर्दै प्रेस चौतारीले सबै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकारजस्ता विषयमा विशेष प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
उनले चौतारी आबद्ध पत्रकार वैचारिकरूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने विश्वास व्यक्त गरे । प्रशिक्षणले पत्रकारको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्ने उनले बताए । उनका अनुसार जिल्ला शाखाले कम्तीमा ३ वटा प्रशिक्षण कार्यक्रम गर्नेछन् ।
प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायी पत्रकारको क्षेत्रमा २७ वर्षदेखि काम गर्दै आएको संस्था हो । पत्रकारको अधिकार, पेसागत हित र नीति निर्माणमा संगठनले अग्रणी भूमिका खेल्दै आएको छ । प्रेस चौतारीमा हाल ७ हजारभन्दा बढी पत्रकार आबद्ध छन् ।
कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लगायत उपस्थित थिए ।
सम्बन्धित खबर
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
मालपोत कार्यालयको नाम परिवर्तन
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’