पोखरा । पोखरामा शृङ्खलाबद्धरुपमा चोरीका घटनामा संलग्न ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका– १०, शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास बिक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय विमल बिक, सुवासकै मामा पोखरा महानगरपालिका– १०, गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा, सुवासकै फुपुका छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका– ११, दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका–२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ३३ वर्षीयसुरेश बिक छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायत विभिन्न स्थानमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट १२ तोला ८ लाल सुन र २४ तोला चाँदीका गरगहना एवम् चोरीमा प्रयोग भएको ग २२ प ४९८९ नम्बरको मोटरसाइकल र ग २१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
उनीहरूले हालसम्म पोखराको नौ स्थान र तनहुँको तीन स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरु विरुद्ध पोखराको विभिन्न स्थानबाट चोरी भएको ६९ लाख ३ हजार २ सय ६० रुपैयाँको जाहेरी दर्ता गरेको र अन्य केही जाहेरी आउने क्रम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’