पोखरा, असोज १५ । गण्डकी प्रदेशको लोगो तयार भएको छ । प्रदेशको नाम टुंग्याएको साढे २ महिनापछि गण्डकीले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सोमबार सार्वजनिक गरेको हो । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार गण्डकी प्रदेशको लोगो सार्वजनिक गरिएको हो ।
दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ । त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ । यसले क्रमश पहाडी क्षेत्र र भित्री मधेसको पहाडी क्षेत्रलाई चिनाउँछ ।
लोगोको माथिपट्टि देखिने हिमालले अन्नपूर्ण हिमाल क्षेत्रलाई जनाउँछ । हिमाली जिल्लालाई समेत यसले प्रतिनिधित्व गर्दछ । लोगोको दायँबाया राखिएका धानको बाला समृद्धिका प्रतीक हुन् । नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ । यसले प्रदेशको भूगोल चिनाउँछ । उक्त भूगोलभित्र तराई क्षेत्रीय जिल्ला नवलपुर देखि मनाङ, मुस्ताङका जातजाती अटाएका छन् । गण्डकी प्रदेशमा बोलिने भाषा, भेषभुषा र संस्कृतिको प्रतिनिधित्व गरेको छ । युवादेखि वृद्धहरुसम्म नक्सामा अटेका छन् ।
पहाडको काखबाट बहने नदीले गण्डकी प्रदेशको जलसम्भावनालाई प्रष्टयाउँछ । नदीको संकेतको वारिपारि गैँडा र जरायो चरेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गण्डकी प्रदेशका वन्यजन्तुको प्रतिनिधित्व यी जनावरले गरेका छन् । लोगोभित्रको डाँफे राष्ट्रिय पंक्षी हो ।
त्यस भन्दा तल लैंगिक समानता झल्काउन महिला र पुरुषले हात मिलाएको संकेत राखिएको छ । लोगो तथा पोशाक सिफारिस समितिका संयोजक मायानाथ अधिकारीले नवलपुरदेखि मुस्ताङसम्मको भूगोल, सम्पदा र महिला–पुरुषको सहअस्तित्व झल्कने चिह्न बनाएको बताए ।
यो लोगो गोरखाका विनित रानामगरले बनाएका हुन् । उनी प्रदेशसभा सचिवालयका कर्मचारी समेत हुन् । समितिले साउन २१ गते लोगो बनाउन सार्वजनिक आह्वान गरेको थियो । उनलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ ।
लोगो र पोशाक निर्धारण गर्न कार्यव्यवस्था परामर्श समितिलाई जिम्मा दिईएको थियो । समितिले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकहरुलाई समेटेर छुट्टै लोगो तथा पोशाक सिफारिस समिति बनाएको थियो । यो समितिले लोगो टुंग्याएर प्रदेशसभालाई बुझाईसकेको छ ।
यस्तै समितिले प्रदेशसभा सदस्यहरुको लागि खैरो रंगको पोशाक सिफारिस गरेको छ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरुले लोगोसहित खैरो कोट लगाउनुपर्नेछ । सचिवालयले २०७५ सालको साउन २१ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गरेको थियो । त्यसका लागि १२ जनाले लोगो प्रदेश सभामा पठाएका थिए । ती मध्ये प्रतिस्पर्धाको आधारमा विनित मगरको लोगो छनोट भएको हो ।
प्रदेशसभा नियमावलीको नियम २०६ अनुसार कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुनेछ भन्ने व्यवस्था रहेको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु