तनहुँको व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

तनहुँको व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

byas

तनहुँ । तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि बुधबार आयोजित एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङका अनुसार नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनाका दुई हजार ८२८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेललगायत वक्ताले पालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना सुनिश्चितताका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

साथै राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला सञ्जालले अभियानको दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ