तनहुँबाट अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ

तनहुँबाट अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ

pakrau file pic

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल, एक राउण्ड गोली र एक थान म्याग्जिनसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका– १२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका– ७ गौरी नगर बस्ने ३२ वर्षिय बिजय तिवारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले बिहीबार दिउँसो मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी उनीहरुलाई पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ