धादिङ । आफ्नै भतिजले खुकुरी प्रहार गरि घाईते हुन पुगेका धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालको उपचारका क्रममा मृत्यु भएको छ ।
गएको बैशाख २५ गते निगालपानीस्थित चिप्लिटीका ८८ वर्षीय बृद्ध लम्सालमाथी आफ्नै दाईको छोरा (भतिज) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेर घाईते बनाएका थिए ।
खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि सोही दिन हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । घाईते बृद्धको उपचारकै क्रममा बिहीबार निधन भएको हो ।
खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको बृद्धले नै काजक्रिया गरेका थिए ।
हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल समेत गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेका थिए । बृद्धको अनुहार र टाउको गम्भीर चोट लागेको थियो ।
बाबुकाजीलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान हिरासतमा राखी अनुसन्धान शुरु गरेको थियो ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’