पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पियनसीपमा प्रतिभा मावि र डायमण्ड सेकेण्डरी स्कुलले विजयी शुरुवात गरेका छन् ।
पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा आइतबार भएको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई र डायमण्डले रत्न ज्योति सेकेण्डरी स्कूललाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेका हुन् ।
आईतबार भएको पहिलो खेलमा वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा डायमण्ड सेकेण्डरीले रत्न ज्योति सेकेण्डरीलाई २ विकेटले पराजित गर्न सफल भयो । टस जितेर डायमण्डले फिल्डिङ रोजेपछि व्याटिङमा आएको रत्न ज्योतिले पूरै विकेट गुमाएर ८३ रन बनाएको थियो । रत्न ज्योतिका लागि सुवल साहले ३५ बलमा २३ रन र अभिषेक पौडेलले १८ बलमा १६ रन हानेर सम्मानजनक स्कोर बनाउन सफल भयो । रत्न ज्योतिलाई कम स्कोरमा समेट्न डायमण्डका मिलन पौडेलले ३ ओभरमा १५ रन खर्चेर २ विकेट तथा अविरल क्षेत्रीले ३ ओभरमा ९ रन खर्चेर २ विकेट हत्याए ।

८३ रनको सामान्य लक्ष्य पाएको डायमण्डले १४.५ ओभरमा ८ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । उसका लागि सविन थापाले १६ बलमा १६ रन तथा जेनिस आलेले १७ बलमा १४ रनको योगदान दिए । डायमण्डलाई दवाबमा राख्ने क्रममा रत्न ज्योतिका प्रतीक सुवेदीले ३ ओभरमा १७ रन खर्चेर ४ विकेट हत्याएपनि टिमलाई जिताउन असफल भए । खेलमा प्लेयर अफ दी म्याच डायमण्डका अविरल क्षेत्री घोषित भए ।
दोस्रो खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई एक सय रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर पहिले व्याटिङ गरेको प्रतिभा माविले १६ ओभरमै २ विकेटको क्षेतीमा २११ रनको विशाल योगफल तयार ग¥यो ।
निर्धारित २० ओभरको खेलमा १६ ओभरमै विशाल योगफल बनाएपछि वर्षाका कारण खेल रोकिन सक्ने डरले त्यसपछिको ४ ओभर प्रतिभाले नखेल्ने घोषणा ग¥यो । प्रतिभाका लागि विशाल योगफल तयार गर्ने क्रममा सफल श्रेष्ठले ६१ बलमा १२० रनको शतकीय पारी खेले । त्यस्तै, साबुद्धिन नेपालले २८ बलमा ५१ रनको अर्ध शतकीय योगदान दिए ।
कुमुदिनी होम्सका विद्वान देवकोटाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट हत्याएपनि प्रतिभालाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् ।
२११ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स १६.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा सिमित भएपछि प्रतिभा एक सय रनले बिजयी भएको हो । कुमुदिनी होम्सका लागि रोहितराज साहले २४ बलमा ३० रन तथा श्रवण कुँवरले १६ बलमा ११ रन बनाएपनि जितका लागि पर्याप्त भए । कुमुदिनीलाई कम स्कोरमा रोक्ने क्रममा प्रतिभाका मिसन विकले ३ ओभरमा एक ओभर मेडन राख्दै ११ रन खर्चेर ३ विकेट तथा अनुज अधिकारील ५ बलमा ५ रन खर्चेर २ विकेट हतयए ।
सो खेलमा प्लेयर अफ दी म्याच प्रतिभाका सफल श्रेष्ठ घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार कुमुदिनीबिरुद्ध जुनियर सिटिजन एकेडेमी तथा त्रिवेणी पब्लिक स्कुलबिरुद्ध मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा उत्रिनेछन् ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’