पोखरा । प्रेस चौतारी गण्डकी प्रदेश समितिले सञ्चामैत्री बजेट ल्याउन गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष इन्द्रप्रसाद पौडेलले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर बुझाएको पत्रमा पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ । मुख्यमन्त्रीसँग भेटमा प्रेस चौतारी कास्कीका सचिव अनुप पौडेल पनि सहभागी थिए ।
पत्रमा उल्लेख छ– ‘गण्डकी प्रदेश सरकार गठनदेखि नै सञ्चार क्षेत्रको हित र प्रवर्द्धनकामा सरकारले गर्दै आएको सहकार्य र सहयोगप्रति आभार व्यक्त गर्दछौं । अझै पनि सहयोगको दायरालाई फराकिलो पार्दै पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रको विकासका लागि गण्डकी सरकार लाग्नेछ भन्ने विश्वास छ । आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट सञ्चारमैत्री बजेट आउनेछ भन्नेमा पूर्ण विश्वस्त छौं ।’
अध्यक्ष पौडेलका अनुसार गण्डकी प्रदेशभरका पत्रकारका लागि बीमाको व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध कार्यक्रम व्यवस्था गर्न, लोककल्याणकारी विज्ञापनका लागि छुट्याइएको बजेट न्यून भएकाले वृद्धि गर्न चौतारीले माग गरेको छ ।
यसैगरी, प्रदेशस्तरीय पत्रकार संघसंगठनहरूलाई अनुदान सहयोग व्यवस्था गर्न, आफ्नै कार्यालय भवन नभएका जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनसहित बजेट व्यवस्था गर्न र पत्रकारको क्षमता अभिवृद्धिका लागि उच्च स्तरीय तालिम, सेमिनार शीर्षकमा पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको छ ।
मुख्यमन्त्री पाण्डेले पत्र बुझ्दै आफ्नो सरकार मिडियामैत्री रहेको र यी मागहरूप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खबर
जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
यो पनि पढौँ
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
रोल्पा जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो, २० जनाको मृत्यु, एक जना मात्रै जीवित
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती