जेसीबीले बाटो मर्मत गरेको हेरिरहेका खड्गीको बिजुलीको पोलले लागेर मृत्यु

जेसीबीले बाटो मर्मत गरेको हेरिरहेका खड्गीको बिजुलीको पोलले लागेर मृत्यु

Lalitpur-thecho

काठमाडौं । ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँकै ५५ वर्षीय रमेश खड्गी रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

उनका अनुसार, डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु भएको हो ।

प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्‌को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो ।

खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्‌को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनको मृत्यु भएपछि स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

अहिले प्रहरी वृत्त सातदोबाटोमा विद्युत् प्राधिकरणका प्रतिनिधि, ठेकेदार, मृतकका आफन्तसहित छलफल भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ